बीसीसी युकेद्वारा लामा घले र प्रदीपको स्वागत 

SHARE:


लण्डन १७ सेप्टेम्बर २०२४ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले बौद्ध अर्धौं सदनमा श्रद्धेय लामा हर्कजंग घले र प्रदीप गुरुङलाई स्वागत गरेको छ ।

सोमबार १६ सेप्टेम्बर साँझ बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङ, आमा प्रमुख जगना गुरुङलगायत कार्यसमितिका पदाधिकारी तथा गुरुहरुले उनीहरुलाई स्वागत गरेको हो ।

उनीहरु बीसीसी युकेले आउने २ अक्टोबर देखि ६ अक्टोबरसम्म आयोजना गर्न लागेको ञ्यूङ्ने ब्रतका लागि बेलायत आएका हुन् । बौद्ध धर्ममा ञ्यूङ्ने ब्रतको छुट्टै महत्व रहेकोले बीसीसी युकेले यस अघि पनि आयोजना गरेको थियो । सोही अनुरुप यस बर्ष आयोजना गर्न लागिएको बीसीसी युकेले जनाइएको छ । सो अवसरमा ञ्यूङ्ने ब्रतलाई सफलतापूर्वक संचालनबारे कार्यसमिति, गुरु र आमाहरुबीच छलफल भएको थियो ।

उक्त स्वागत कार्यक्रममा बीसीसी युकेका धर्म गुरु खेन्पो सेनाङ्ग, लोपेन नोर्बु, लोपेन दावा, बीसीसी युकेका प्रमुख सल्लाहकार एवं ञ्यूङ्ने ब्रत संयोजक मेजर खुशीमान गुरुङ, बीसीसी युकेका संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ, पूर्व आमा प्रमुख पुष्पा गुरुङलगायत कार्यसमितिका पदाधिकारी तथा आमाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!