
लन्डन २० सेप्टेम्बर २०२४ । मगर महिला संघ युकेले तनहुँकी दृष्टिविहीन गायिका मन्दिरा थापा मगरलाई २ लाख साढे ६५ हजार सहयोग हस्तान्तरण गरेको छ ।
मगर महिला संघ युके प्रतिनिधि अनिता राना र कुन्ता थापामार्फत बिहीबार काठमाडौंमा एक कार्यकमबीच नगद हस्तान्तरण गरिएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा गायक राजेश बर्देवा, पत्रकार पारस भट्टराईलगायतको उपस्थिति थियो ।






