राप्रपा अध्यक्ष लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डल आज बेलायत आइपुग्दै

SHARE:

लन्डन २१ सेप्टेम्बर २०२४ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डल आज बेलायत आइपुग्दै छ । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस)को कार्यक्रममा सहभागी उनीहरू शक्रबार राति नै नेपालबाट बेलायत प्रस्थान गरिसकेका छन् ।

प्रतिनिधिमण्डलमा पार्टी प्रमुख सचेतक ज्ञानेन्द्र शाही, प्रवास विभाग प्रमुख आनन्द अधिकारी, केन्द्रीय सदस्य हिक्मतजङ्ग कार्की र अध्यक्ष लिङ्देनका श्रीमती सिता थापा छन् ।

पानसको आयोजनामा यही असोज ७ र ८ गते लण्डन र स्कटल्याण्डमा हुने कार्यक्रममा उनशीहरु सहभागी हुनेछन् । साथै प्रतिनिधिमण्डलले त्यहाँस्थित उच्च तहका नेताहरुसँग भेटघाट तथा नेपाली समुदायसँग छलफल गर्ने जनाइएको छ ।

पार्टीका नेता राजाराम श्रेष्ठका अनुसार यही असोज १० गते भ्रमण टोली स्वदेश फिर्ता हुने तालिका छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!