राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन यूके आइपुगे, एयरपोर्टमा भव्य स्वागत

SHARE:

लन्डन २१ सेप्टेम्बर २०२४ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देन बेलायत आइपुगेका छन् ।

लिङ्देन नेतृत्वको राप्रपा नेताहरुको टोली शनिबार मध्याह्न बेलायत  आइपुगेको हो । अध्यक्ष लिङ्देनलगायत नेतालाई प्रवासी नेपाली एकता समाज (पानस) का अध्यक्ष रोशन सापकोटा, एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगर लगायतले विमानस्थलमा भव्य स्वागत गरे ।

उनीहरु पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस)को आइतबार र सोमबार हुने कार्यक्रममा सहभागी हुन बेलायत आएका हुन्

प्रतिनिधिमण्डलमा पार्टी प्रमुख सचेतक ज्ञानबहादुर शाही, प्रवास विभाग प्रमुख आनन्द अधिकारी, केन्द्रीय सदस्य हिक्मतजङ्ग कार्की र अध्यक्ष लिङ्देनका श्रीमती सिता थापा छन् ।

पानसको आयोजनामा यही असोज ७ र ८ गते लण्डन र स्कटल्याण्डमा हुने कार्यक्रममा उनीहरु सहभागी हुनेछन्। साथै प्रतिनिधिमण्डलले त्यहाँस्थित उच्च तहका नेताहरुसँग भेटघाट तथा नेपाली समुदायसँग छलफल गर्ने जनाइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!