एटा संवाददाता
अल्डरसट । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले विविध कार्यक्रमका साथ ९ औं वार्षिकोत्सव मनाएको छ । अल्डरसटस्थित कनट स्कुलमा गत शनिबार सेप्टेम्बर१५ मा सम्पन्न भएको हो । कार्यक्रममा बेलायतका लागि नेपालका राजदूत डा. दुर्गाबहादुर सुवेदी प्रमुख अतिथि थिए ।
कार्यक्रममा भूतपूर्व गोर्खा आन्दोलनका अभियन्ता डा. चन्द्र लक्सम्बा, एनआरएनए आईसीसी सदस्य रामशरण सिम्खडा, तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष जंग सुनुवार, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का केन्द्रीय अध्यक्ष डण्ड गुरुङ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता पूर्ण लक्समलगायतले शुभकामना मन्तब्य दिएका थिए ।
बेलायतमा रहेका भूतपूर्व ब्रिटिस गोर्खा परिवारका सदस्यहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा गेसोका अध्यक्ष कृष्णकुमार राईले दिवंगत भूतपूर्व गोर्खा अग्रजहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै गोर्खा आन्दोलनलाई साथ र सहयोग गर्ने विभिन्न महानुभावहरुप्रति कृतज्ञता व्यक्त गरे । उनले गोर्खाहरुको समस्या अध्ययन गर्नका लागि एक वर्षअघि आन्दोनरत गोर्खा सैनिक संगठन, नेपाल सरकार र बेलायत सरकारको प्रतिनिधि संलग्न प्राविधिक समिति गठन भएको स्मरण गरे ।
प्राविधिक समितिले तयार पारेको प्रतिवेदनलाई कार्यान्वयन तहमा लैजाने बेलायत सरकार, नेपाल सरकार र आन्दोलनरत गोर्खा भूतपूर्व सैनिक पक्षवीच वार्ता टोली गठन गर्ने सहमति भएपनि अझैकुनै काम नभएकोगुनासो गरे । उनले सो वार्ता टोलीमा आपूmहरुलाई समेट्नसमेत माग राखेका थिए ।
कार्यक्रममा साहित्यकार नरेश काङमाङको ‘खुकुरीको धार’ पुस्तकको दोस्रो संस्करण सार्वजनिक गरिएको थियो ।






