एटा संवाददाता
अल्डरसट । गैरआवासीय नेपाली संघ (एनआरएनए)युकेले एक वर्षभित्र १० हजार जना सदस्यपुर्याउने महत्वाकांक्षी योजना लिएको छ ।
एनआरएनए युकेको सदस्यताको महत्व र आवश्यकताबारे आवश्यक जानकारी गराउने उद्देश्यलेअल्डरसटस्थित भेटघाट रेन्टुरेन्टमा गत बुधबार सेप्टेम्बर १२ का साँझमा आयोजित पत्रकार सम्मेलन सो जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा एनआरएनए युकेका उपाध्यक्ष एवं सदस्यता वितरण विभागका संयोजक शेर सुनारले बेलायतमा रहेका नेपालीहरुलाई एउटै छातामुनी आबद्ध गराउने उद्देश्यअनुरुप प्रत्येक नेपालीलाई एनआरएनए युकेको सदस्यता प्रदान गर्ने योजना बनाएको जनाए । उनले सदस्यताका लागि पहल गरिदिन सरोकारवालासँग अनुरोध गरे । एनआरएनए युकेमा अहिले करिब ३ हजार जना सदस्य छन् ।
सदस्यता वितरण विभागका संयोजक सुनारले सदस्यता शुल्क १० पाउन्ड कायम गरिएको जानकारी दिए । यसअघि एनआरएनए युकेको सदस्यता लिनेले २५ पाउन्ड तिर्नुपर्ने व्यवस्था थियो । त्यस क्रममा उनले आपूmले एनआरएनए युकेमा गरेका कार्यहरु समेत सुनाएका थिए ।
पत्रकार सम्मेलनमा विभिन्न नेपाली संघसंस्थाहरुका अध्यक्ष लगायत प्रतिनिधिहरुले सल्लाह र सुझावहरु दिएका थिए । अल्डरसट, फार्नबोरो र क्याम्बर्ली क्षेत्रका संघसंस्थाका प्रतिनिधिहरुलाई मात्र बोलाइएको कार्यक्रममा एनआरएनए युकेका प्रमुख संरक्षक मेजर (रि) डमर घले, ग्रेटर रसमुर नेपाली कम्युनिटीका अध्यक्ष जीव बेल्वासेलगायत नेपाली संघसंस्थाहरुका अध्यक्षहरुले बोलेका थिए ।
कार्यक्रममा एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामीले आगामी एकवर्षमा १० हजार सदस्यता बनाउने, सदस्यहरुलाई युकेमै परिचय पत्र वितरण गर्ने, सदस्यता विस्तार गर्ने र सोहीअनुरुप मतदान केन्द्र थप्दै लैजाने बताए । उनका अनुसार लेस्टर, बर्गीमघम, स्कटल्यान्ड, स्वीन्डन, वेल्स, नर्दन आयरल्यान्डलगायत स्थानमा सदस्यता वितरण अभियान चलाइनेछ ।
कार्यक्रममा एनआरएनए युकेका निवर्तमान अध्यक्ष मुछेत्र गुरुङ, ग्रेटर रसमुर नेपाली कम्युनिटीका अध्यक्ष जीव बेल्वासे, एसियन महिला एसोसिएसन (आमा) की अध्यक्ष अमिता बेल्वासे, सहारा युकेका अध्यक्ष मिन गुरुङ, मर्दिखोला समाज युके, चारभञ्ज्याङ्ग तमु समाज युकेका अध्यक्ष मेजर (रि) कृष्णबहादुर गुरुङ, एनपीसीसी युकेका उपाध्यक्ष तर्कजङ्ग गुरुङ, लमजुङ समाज युकेका अध्यक्ष बोहत गुरुङ, एनआरएनए आईसीसीका थर्क सेन, गोर्खा जिल्ला गुरुङ समाज युकेका अध्यक्ष फडकजीत गुरुङ, ग्रेटर रसमुर नेपाली कम्युनिटीका निवर्तमान अध्यक्ष ओमप्रसाद थापा, तमु फोरम युकेका निर्देशक क्या. राजु गुरुङ, तमुधिं युकेका उपाध्यक्ष हितकाजी गुरुङ र सल्लाहकार जुमकाजी गुरुङको उपस्थिति रहेको थियो । त्यस्तै, व्यवसायीहरु प्रवेश केसी, भिम पुन, भिम गुरुङ, सपन राई, मान गुरुङलगायत सहभागी थिए ।
एनआरएनए युकेका अध्यक्ष फगामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव राजकुमार त्रिपाठीले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रम संचालन उपमहासचिव विनय अधिकारीले गरेका थिए ।






