रोमाञ्चक बन्यो तमु प्ये ल्हु संघ यूकेको कल्याणकारी रात्रिभोज

SHARE:


लन्डन ८ अक्टोबर २०२४ । तमु प्ये ल्हु संघ यूकेको यस वर्ष आयोजित आजीवन सदस्य भेटघाट तथा कल्याणकारी रात्रिभोज रोमाञ्चक रुपम सम्पन्न भएको छ ।

५ अक्टोबर २०२४ मा एम्पायर हल अल्डरसटमा अध्यक्ष क्या (रि) डेम बहादुर योज तमुको संयोजकत्वमा आयोजित कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो । परोपकारी उद्देश्यले हरेक वर्ष आयोजना गरिने कार्यक्रम विशेषगरी सामुदायिक भवन तथा क्होँईवो निर्माण सहयोगार्थ आयोजना गरिएको थियो ।

कार्यक्रम विगत वर्षभन्दा रोमाञ्चक भएको आयोजकले बताएको छ नयाँ र नौलो आकर्षणका रूपमा हरेक वर्ष निरन्तर रहने गरी चेयरमेन कप र प्रज्वल रथी सम्मान समावेश गरिएको थियो । चेयरमेन कप दम्पती भेषभुषा प्रतियोगितामा कुल प्हच्यु र विष्णु टु क्ल्हेप्रीको जोडी सर्वाधिक ५४ अंक ल्याएर विजेता बने ।

भेग च्हाक्ली र डिल कुमारी प्हच्युको जोडी ५२ अंकसहित उपविजेता बन्यो । प्रतियोगितामा १२ जोडी दम्पत्तिले सहभागिता जनाएका थिए ।

चेयरमेन कप दम्पती भेषभुषा प्रतियोगिताको निर्णायकमा संघका सल्लाहकारद्वय क्या. (रि) नर बहादुर पर्जु तमु एमभीओ, बीईएम, हितमान केप्छे तमु र तमु समाज यूकेको आमा समूहकी संस्थापक अध्यक्ष माया तमु रहेका थिए ।

त्यसैगरि मौलिक पहिचानको स्रोत मानिने कुल धर्म, संस्कार, संस्कृति, भाषा तथा भेषभुषालगायत समाज, समुदाय र संस्थाका लागि विशेष योगदान दिने व्यक्तिको सम्मानार्थ प्रज्वल रथी सम्मान पनि प्रदान गरिएको थियो । उक्त सम्मान प्रा. नारायण ल्हेँगे तमुले प्राप्त गरे । हरेक वर्ष समाज र संस्थालाई विशेष योगदान दिने उत्कृष्टहरूबाट एकजना सर्वोत्कृष्ट छनौट गरेर यो सम्मान प्रदान गर्ने गरिन्छ ।

कार्यक्रममा तमु धीं यूके र तमु समाज यूकेलगायत अन्य विभिन्न समाज एवं भाइ खलकलाई समेत आमन्त्रण गरिएको थियो । हालसालै नियुक्त भएका विभिन्न संघ-संस्था अध्यक्षलगायत अन्य विशेष व्यक्तित्वलाई सम्मान पनि गरेको थियो ।

कार्यक्रमको मनोरञ्जन तथा आकर्षणको अर्को पक्ष राफल ड्र र विविध सांस्कृतिक कार्यक्रम थियो । जसलाई संघका तृतीय उपाध्यक्ष डम्बर टु क्ल्हेप्री तमु र सांस्कृतिक संयोजक जुम टु क्ल्हेप्री तमुले संयोजन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!