बेलायती व्यापारमन्त्रीले भने- ‘बेलायत ईयूसँग व्यापारिक सम्बन्ध पुनर्स्थापना गर्न खोज्दैछ’

SHARE:

लन्डन २२ अक्टोबर २०२४ । बेलायतले तत्काल युरोपेली सङ्घ (ईयू) सँग आफ्नो व्यापारिक सम्बन्ध पुनर्स्थापित गर्न खोजिरहेको र अन्तर्राष्ट्रिय वाणिज्यलाई बेलायतको वृद्धिलाई पुनर्जीवित गर्ने औजारको रुपमा हेरिरहेको व्यापारमन्त्री डगलस अलेक्जन्डरले बताएका छन् ।

अलेक्जान्डरले सन् २०१६ मा बेलायतले ईयूबाट बाहिरिने पक्षमा गरेको मतदानले यसको व्यापार नीतिमा अवरोध ल्याएको र देशले आफ्नो विश्वव्यापी व्यापार दृष्टिकोणलाई संशोधन गर्न आवश्यक रहेको बताएका छन् ।

सन् २०२५ को वसन्तमा प्रकाशित हुने संशोधित, दीर्घकालीन बेलायत व्यापार रणनीतिलाई एकसाथ राख्ने योजनाको एक हिस्साको रूपमा उनी विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ)का प्रमुखलाई भेट्न सोमबार जेनेभा आएका हुन् ।

अलेक्जान्डरले बेलायती अर्थतन्त्रको वृद्धि स्टारमर सरकारको महत्वपूर्ण एजेन्डा रहेको बताए ।
युरोपेली आयोग डब्ल्यूटीओको १६६ सदस्यहरू मध्ये एक हो, तर सन् २०२० मा बेलायतले अन्ततः ब्लक छोडेपछि लण्डनले अब जेनेभामा आधारित विश्वव्यापी व्यापार निकायमा आफ्ना लागि वार्ता गरिरहेको छ।

व्यापारमन्त्रीले विश्व व्यापार सङ्गठनलाई ‘अन्तर्राष्ट्रिय सहयोगको अपरिहार्य संस्था’ को रूपमा हेरेको र अगस्टमा पहिलो कार्यकाल समाप्त भएपछि दोस्रो कार्यकालका लागि महानिर्देशक एनगोजी ओकोन्जो–इवेलालाई दृढतापूर्वक समर्थन गर्ने बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!