सगरमाथा गोर्खा/नेपाली समाज आस्फोर्डद्वारा मेयर हर्क साम्पाङसँग अन्तरक्रिया

SHARE:

चक्र साम्पाङ राई
आस्फोर्ड, केन्ट २३ अक्टोबर २०२४ । सगरमाथा गोर्खा/नेपाली समाज आस्फोर्ड, केन्टले धरानका मेयर हर्क साम्पाङ राईसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

आइतबार २१ अक्टुबर २०२४ मा समाजका अध्यक्ष डम्मर सिंगक लिम्बुको अध्यक्षता र मेयर हर्क साम्पाङको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । उपसचिव देउमान लावतीले संचालन गरेको कार्यक्रमको संयोजन समितिका उपाध्यक्ष चिरन राईले गरेका थिए ।

मेयर साम्पाङ सुम्निमा पारुहाङको प्रतिमा निर्माण अभियानका लागि बेलायत आएको बेला उनको उपस्थितिमा आर्थिक संकलन कार्य तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो । धरान समाज युकेका उपाध्यक्ष भास्कर राई तथा महासचिव डा. महा राईसँगको समन्वयमा भएको कार्यक्रममा धरान समाज युकेले मेयर हर्क साम्पाङले विगतदेखि हालसम्म गरेका विशेष कार्यहरुलाई समेटेर तयार पारिएको वृत्तचित्रको प्रदर्शनी साथै मेयर साम्पाङ राईले सुम्निमा पारुहाङ प्रतिमा निर्माण अभियानको आवश्यक र यसबाट नेपाली जनताहरुलाई हुने प्रत्यक्ष फाइदाबारे जानकारी गराएका थिए ।
कार्यक्रमममा समाजका अध्यक्ष डम्मर सिंगकले मन्तव्यको क्रममा सुम्निमा पारुहाङ प्रतिमा निर्माण अभियानको लागि आर्थिक संकलन गर्न, गराउनका लागि आफू र समाजले भरपुर सहयोग गर्ने प्रतिबद्धता जनाए ।

१९ अक्टुबर फोक्सटनमा र २० अक्टुबरको दिन अल्डरसटमा प्रतिबद्धता वा नगद हस्तान्तरण नभ्याउने साथै २१ अक्टुबर कार्यक्रममा भएका महानुभावहरुले जम्मा ४७० पाउण्ड नगद र रु ५ लाख २२ हजार १३१ प्रतिबद्धता आएको उनले जानकारी गराए ।

औपचारिक तथा अन्तरक्रिया कार्यक्रमको समापनपश्चात् आसफोर्ड बरो काउन्सिलका मेयर काउन्सिल्लर लिन सुद्दार्द सहितको रात्रिभोजमा दुवै पक्षका मेयर धरानका मेयर हर्क साम्पाङ राई तथा आसफोर्ड बरो काउन्सिलका मेयर काउन्सिल्लर लिन सुद्दार्दले एक आपसमा भलाकुसारी साथै आआफ्ना अनुभव साटासाट गरेका थिए । कार्यक्रम रातको साढे १० बजे समापन भएको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!