आउँदो २८ डिसेम्बरमा तमु धीं यूकेको रजत महोत्सव र ल्होछार, के छ तयारी ?

SHARE:


लन्डन २५ अक्टोबर २०२४ । तमु धीं यूकेले आगामी २८ डिसेम्बर २०२४ मा संस्थाको रजत महोत्सव र ल्होछार कार्यक्रम मनाउने भएको छ ।

संस्था स्थापना भएको २५ वर्ष पुगेको अवसरमा तमुधीं यूकेले तमु ल्होछारसहित रजत महोत्सव मनाउन लागेको हो । बिहीबार २४ अक्टोबरमा बसेको भर्चुअल बैठकले १ सय १ सदस्यीय रजत महोत्सव मूल समारोह समितिमा जिम्मेवारी बाँडफाँट र अन्य तयारीलाई थप तीव्रता दिने निर्णय गरेको छ ।

समितिको सल्लाह सुझाव संयोजकमा तमु धीं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद कोने गुरुङ, संयोजकमा उपाध्यक्ष कमल कोने गुरुङ छन् । यस वर्षको ल्होछारलाई रजत महोत्सवको रुपमा मनाउने निर्णय गत ११ सेप्टेम्बरमा बसेको तमु धीं यूकेको बैठकले गरेको थियो ।

समितिले विभिन्न जिम्मेवारी बाँडफाँड गरेर तयारी गरिने महासचिव डा विशाल गुरुङले जानकारी गराए । उनका अनुसार
रजत महोत्सव क्राइस्ट चर्च एभिन्यू, ह्यारो लेजर सेन्टरमा आयोजना हुनेछ । बिहीबारको बैठकमा एनआरएनए आईसीसी सल्लाहकार सूर्य गुरुङ, सोंपाल समाज यूकेका जगदीश गुरुङ, तमु धीं लन्डन इकाइका अध्यक्ष भरत गुरुङ, तमु धीं यूकेका निवर्तमान अध्यक्ष तथा एनआरएनए यूकेका अध्यक्ष हित काजी गुरुङ, पूर्वअध्यक्ष रामचन्द्र गुरुङ, मेजर कृष्ण गुरुङ, लेफ्टेन नारायण गुरुङ, ट्रस्टी एकेन्द्र गुरुङ, सहारा यूके अध्यक्ष कृष्ण गुरुङ, क्याप्टेन देव घलेलगायतले रजत महोत्सव र तमु ल्होछारलाई भव्य र सभ्य बनाउने विषयमा आआफ्ना धारणा राखेका थिए । ट्रस्टी एकेन्द्र गुरुङले रजत महोत्सव सम्बन्धी लेखेको गीत बैठकमा सुनाएका थिए ।

नेपालबाट आउने कलाकारको प्रस्तावित नाम आइसकेकोले अन्तिम निर्णय सांस्कृतिक सचिवको टिमले गर्ने अध्यक्ष हरि गुरुङले जानकारी दिए । यस्तै रजत महोत्सवमा सहभागी हुने सबैलाई गुरुङ मौलिक ड्रेस लगाउनसमेत तमु धीं यूके बैठकले आग्रह गरेको छ ।

यसैगरी, गीतकार एवं संस्थाका ट्रस्टी एकेन्द्र गुरुङलाई रजत महोत्सवको गीत लेख्ने जिम्मा दिइएको छ भने संस्थाको मुखपत्र फ्रेंसी (स्मारिका) को यस वर्ष विशेषांक निकाल्ने निर्णय पनि बैठकले गरेको अध्यक्ष हरि गुरुङले जनाए । स्मारिका तयारीको नेतृत्वमा पनि ट्रस्टी एकेन्द्र गुरुङ रहेका छन् ।

उपाध्यक्ष कमल गुरुङले स्मारिका प्रकाशन ढिलो नगर्ने गरी लेख, रचना तयार गरेर समयमै संयोजकलाई दिन आग्रह गरे । रजत महोत्सवमा संसारभरका सम्बन्धित संघसंस्थाका अध्यक्षहरुलाई निमन्त्रणा गर्ने विषयमा पनि बैठकमा छलफल भएको छ । वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले स्वागत मन्तव्य दिएको बैठक महासचिव डा विशाल गुरुङले सञ्चालन गरेका थिए ।

बैठकमा तमु धीं यूकेका ट्रस्टी, सल्लाहकार, कार्यसमिति पदाधिकारी, कार्यसमिति सदस्यहरुको उपस्थिति थियो । तमु धीं यूके सन् २००० मा स्थापना भएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!