तमु धीं यूकेको तीन सदस्यीय निर्वाचन समिति गठन, प्रमुखमा एकेन्द्र गुरुङ

SHARE:


लन्डन २७ अक्टोबर २०२४ । तमु धीं यूकेको आगामी १४ डिसेम्बर २०२४ मा हुने साधारणसभा तथा कार्यसमितिको निर्वाचन तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ ।

संस्थाका ट्रस्टीसमेत रहेका प्रमुखमा एकेन्द्र गुरुङ प्रमुख निर्वाचन आयुक्त रहेको समिति गठन गरिएको हो । समितिमा एकेन्द्र गुरुङ प्रमुख निर्वाचन आयुक्त तथा मे. रिटायर्ड कृष्ण गुरुङ र क्या. रिटायर्ड बालकृष्ण गुरुङ निर्वाचन आयुक्त रहेका छन् ।

निर्वाचनसम्बन्धी कार्यतालिका बनाउने निर्वाचन व्यवस्थापन गर्ने, निर्वाचनसम्बन्धी कार्यतालिका फेरबदल गर्ने र नियमावली तयार गर्ने अधिकार उक्त समितिलाई रहनेछ । निर्वाचनसम्बन्धी जुनसुकै विषयमा देखिएको विवाद र अस्पष्टता सम्बन्धमा समितिको निर्णय अन्तिम हुनेछ ।

तमु धीं भवन मिचेटमा बिहान ११ बजेदेखि हुने निर्वाचनसम्बन्धी कार्यतालिका र कार्यक्रम सार्वजनिक गरिसकेको छ । जसअनुसार मतदाता नामावली प्रकाशन ५ डिसेम्बरमा, मतदाता नामावलीमा दाबी विरोध ६ डिसेम्बर बिहान ११ बजे तथा अन्तिम मतदाता नामावली प्रकाशन सोही दिन दिउँसो १ बजे हुनेछ ।

यसैगरी उम्मेदवारी मनोनयन पत्र दर्ता ७ डिसेम्बर १० देखि १२ बजेसम्म, उम्मेदवारी मनोनयन पत्रको नामावली प्रकाशन सोही दिन १२ बजे हुने छ । उम्मेदवारी मनोनयन नामावलीमा दाबी विरोध पनि ७ डिसेम्बरको साढे २ बजेदेखि ३ बजेसम्म, उम्मेदवारी मनोनयन फिर्ता ४ बजे र उम्मेदवारको अन्तिम नामावली प्रकाशन पनि ४ बजे नै हुने कार्य तालिकामा उल्लेख छ ।

मतदान गर्ने समय तालिका प्रकाशन १४ डिसेम्बर दिउँसो ४ बजे हुनेछ । उम्मेदवार बन्न चाहने व्यक्तिले एकजना प्रस्तावक र एकजना समर्थकको हस्ताक्षरसहित मनोनयन फाराम भरेर निर्वाचन समितिलाई बुझाउनु पर्नेछ । साथमा उम्मेदवारी शुल्क पनि बुझाउनु पर्नेछ । उम्मेदवारी मनोनयन पत्र दर्ता तथा फिर्ताका लागि निर्वाचन समितिको सम्पर्क कार्यालयमा उपस्थित भएर लिखित उजुरी दिनुपर्नेछ ।

निर्वाचन समितिको सम्पर्क कार्यालय तमु धीं भवन मिचेटमा रहनेछ। निर्वाचनको लागि उम्मेदवारी शुल्क विधानअनुसार तोकिएको छ । जसअनुसार अध्यक्ष पदका लागि २०० पाउन्ड उपाध्यक्षका लागि १५० पाउन्ड तथा महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र खेलकुद विभाग प्रमुखका लागि जनही १०० पाउन्ड र अन्य सदस्यका लागि १० पाउन्ड रहेको छ ।

उपाध्यक्ष तीन तथा अन्य सदस्य २० जना बाहेक सबै पदमा एक-एक जनाका लागि निर्वाचन हुनेछ । तमुहरूको साझा संस्थालाई सुदृढ र समृद्ध गर्ने कार्यमा उपस्थित भएर सफल पारिदिन अध्यक्ष हरि गुरुङ र महासचिव विशाल गुरुङले सम्पूर्ण तमुहरूलाई अनुरोध गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!