धुमधामले खेल्यो सोंपाल समाज यूकेले देउसीभैलो, घन्कियो मादल र डम्फु

SHARE:


लन्डन २७ अक्टोबर २०२४ । हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा सोंपाल समाज यूकेले देउसीभैलो धुमधामले खेलेको छ ।

२६ अक्टोबर २०२४ मा सडबरी हिल पोस्ट अफिस क्लबमा वरिष्ठ उपाध्यक्ष भरत गुरुङको संयोजकत्वमा र महासचिव क्या. मोहन गुरुङको सञ्चालनमा देउसीभैलो कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम संस्थाका अध्यक्ष जगदीश गुरुङ, आमा अध्यक्ष मनदेवी गुरुङ, संस्थापक अध्यक्ष विजयबहादुर गुरुङ, संस्थापक आमा अध्यक्ष नाईन्द्रा गुरुङले दीप प्रज्वलन गरेर उद्घाटन गरेका थिए ।

कार्यक्रममा सल्लाहकारहरूलाई अध्यक्ष जगदीश गुरुङ तथा आमा अध्यक्ष मनदेवी गुरुङले खादा र फेटा लगाएर सम्मान गरेका थिए । महिला सल्लाहकारलाई भने खादा र क्रमूले सम्मान गर‍िएको थियो ।

तमु धीं यूकेले आयोजना गर्ने वार्षिक कार्यक्रम च्यारिटी डिनरमा प्रदान गरिने ‘तमु आदर्श अवार्ड’बाट सम्मानित भएका सल्लाहकार क्या. प्रेमबहादुर गुरुङ र उनकी पत्नी रत्न गुरुङलाई समाजको नाम उच्च र गौरवान्वित बनाएको खुशीयालीमा खादा, फेटा, क्रमु र पुष्पगुच्छाले सम्मान गरिृकफ थियो ।

कार्यक्रममा संस्थापक अध्यक्ष विजयबहादुर गुरुङले दिपावलीको शुभकामना सन्देश दिएका थिए । त्यसपछि देउसीभैलो कार्यक्रम भव्य बनाउन मादल र डम्फुको तालमा देउसी भट्ट्याउँदै नाचगान सुरु भएको थियो । दक्षिणा पनि प्रदान गरिएको थियो ।

कार्यक्रममा आमाहरूले आआफ्ना घरबाट विभिन्न परिकार लिएर आएका थिए । अन्त्यमा आमा अध्यक्षले दिदी बहिनीलाई खानाको परिकार उपलब्ध गराएकामा धन्यवाद दिएकी थिइन् । अध्यक्षले छोटो मन्तव्यसँगै उपस्थित र उपस्थित नसके पनि समाजलाई दान दक्षिणाद्वारा माया गर्ने सोंपाल परिवारका सदस्यलाई माया ममताको अपेक्षा राख्दै आभार तथा धन्यावादसहित कार्यक्रम समापन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!