बेलायतको प्रमुख प्रतिपक्षी कन्जरभेटिभ पार्टीको नयाँ नेतामा केमी

SHARE:


लन्डन २ नोभेम्बर २०२४ । बेलायतको प्रमुख प्रतिपक्षी कन्जरभेटिभ पार्टीको नयाँ नेतामा केमी ब्याडनोक चयन भएकी छन् ।

अन्तिम चरणको प्रतिस्पर्धामा केमी ब्याडनोक रोबर्ट जेनेरिकलाई पछि पार्दै शनिबार पार्टी नेतृ निर्वाचित बन्न सफल भएकी हुन् । विजेता बन्ने क्रममा केमीले ५३ हजार ८ सय ६ मत प्राप्त गरिन् भने पराजित जेनेरिक ले ४१ हजार ३ सय ८८ मत पाए ।

पार्टी नेता चुन्न निर्वाचन सन्चालन गरेको कन्जरभेटिभ पार्टीको १९२२ कमिटीका प्रमुख बब ब्ल्याकमेनले नतिजा घोषणा गरेका थिए । ब्याडनोक कन्जरभेटिभ पार्टीको पहिलो अश्वेत नेता बन्न सफल भएकी छन् ।

ब्याडनोकले यसअघिका पार्टी नेता ऋषि सुनकलाई प्रतिस्थापन गर्नेछन् । गत जुलाई महिनामा सम्पन्न आम निर्वाचनमा व्यहोरेको पराजयपछि पार्टी प्रमुखबाट राजीनामा घोषणा गरेका सुनक त्यसयता कामचलाउको भूमिकामा थिए । पार्टीको नयाँ नेता बन्ने दौडमा सुरुमा ६ नेता मैदानमा उत्रिएका थिए । पार्टी सांसदहरुबीचको मतदानबाट अन्तिम २ मा पुग्न सफल ब्याडनोक र जेनेरिकमध्ये एक चुन्ने अन्तिम मतदान भने पार्टीका सबै संगठित सदस्यहरुले गरेका थिए ।

बेलायतमा विगत १५ वर्ष सरकार चलाएको कन्जरभेटिभ पार्टी गत निर्वाचनमा बढारिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!