बेलायत भ्रमण गरी नेपाल फर्किए मेयर हर्क साम्पाङ

SHARE:

लन्डन ३ नोभेम्बर २०२४ । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ (हर्कराज राई) दुई साताभन्दा बढी बेलायत भ्रमण सकाएर नेपाल फर्किएका छन् । परिवारसहित बेलायत आएका राई शनिबार २ नोभेम्बर २०२४ लन्डनस्थित हिथ्रो विमानस्थलबाट स्वदेश फिर्ता भएका हुन् । उनको बिदाइमा बेलायतका विभिन्न संघ संस्थाका अध्यक्ष, प्रतिनिधि, आफन्त, शुभचिन्तकहरु हिथ्रो विमानस्थल पुगेका थिए ।

नेपाल प्रस्थान गर्नुअघि मेयर साम्पाङले बेलायत भ्रमण अविष्मरणीय र सफल भएको प्रतिक्रिया दिए । उनले बेलायतमा साथ सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

धरानको चिन्डेडाँडामा निर्माण गर्न लागिएको सुम्निमा पारुहाङको प्रतिमाका लागि सहयोग संकलनका लागि आएका साम्पाङले ५ करोड २८ लाख ३८ हजार ७७४ रुपैयाँ सहयोग प्रतिबद्धता आएको जनाकारी गराएका छन् । उनले बेलायतका विभिन्न ठाउँसमेत भ्रमण गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!