सडबरीमा तमु धीं लन्डन इकाईको देउसी-भैलो : ४ हजार पाउन्ड दक्षिणा जम्मा

SHARE:


लन्डन ४ नोभेम्बर २०२४ । तिहारको अवसरमा तमु धीं लन्डन इकाईले देउसी, भैलो खेलेको छ । लन्डन सडबरी हिल स्पोर्ट्स क्लबको हलमा शनिबार २ नोभेम्बर २०२४ मा तमु धीं लन्डन इकाईका अध्यक्ष भरत गुरुङको सभापतित्वमा तिहारको शुभकामना आदनप्रदान साथै परम्परागत रुपमा खेल्दै आइरहेको देउसी, भैलो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा तमु धीं यूकेका अध्यक्ष हरि गुरुङको प्रमुख अतिथिको रुपमा उपस्थित थिए । कार्यक्रमको पहिलो चरणमा औपचारिक कार्यक्रम इकाईका वरिष्ठ उपाध्यक्ष ईश्वर गुरुङले स्वागत मन्तव्य राखेका थिए ।

प्रमुख अथिति हरि गुरुङ, इकाई अध्यक्ष भरत गुरुङ, आमा अध्यक्ष देवकला गुरुङ, फस्ट लेडी सिर्जना गुरुङ, प्रमुख संरक्षक खुशीमान गुरुङ, ट्र्ष्टी रि.क्या.प्रेम गुरुङ र सोंपाल समाज यूकेकी आमा अध्यक्ष मनदेवी गुरुङले सामूहिक दीप प्रज्वलन गरी कार्यक्रम समुद्बघाटन गरेका थिए ।

शुभकामना मन्तव्यको क्रममा प्रमुख अथिति तमु धीं यूकेका अध्यक्ष हरि गुरुङले तिहारको महत्वबारे प्रष्ट्याउँदै दिदीबहिनी, दाजुभाइहरुको स्नेही माया साथै परम्परागत पर्व सबै नेपालीहरुको साझा बनेको उल्लेख गरे । उनले विदेश भूमिमा रहेर पनि यसरी शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गरी तमु धीं यूकेलाई आमन्त्रण साथै तिहारको माहोल पारिवारिक वातावरण सिर्जना गर्दै नेपाली संस्कृतिको जगेर्ना गर्ने कोसिस गरेकोमा तमु धीं लन्डन इकाईप्रति अभार प्रकट गरे ।

तमुधीं यूकेको शिर उच्च राख्न लन्डन इकाईले हरहमेसा ठूलो भूमीका खेल्दै आएको भन्दै अध्यक्ष गुरुङले भावी दिनहरुमा पनि यो निरन्तरताको आपेक्षासहित शुभकामना व्यक्त गरे ।

शुभकामना आदनप्रदान साथै संस्था र समाजप्रति योगदानको कदर गरी सम्मानित भएका र नयाँ नेतृत्व चयन भएका मान्यजन पदाधिकारीहरुरलाई बधाई तथा संस्थाको तरफबाट सम्मान गरिएको थियो ।

दोस्रो चरणको कार्यक्रम परम्परागत रुपमा खेलिने देउसी, भैलो इकाईका ट्रष्टी रि.ले.नारायणप्रसाद गुरुङ, होमकुमारी गुरुङले प्रचलित शैलीको सुरुआतीबाट भट्याउँदै देउसी, भैलो मनोरन्जन तबरले सुरु भएको थियो । उपस्थित सबैलाई रमाइलो बनाउन ठूलो भूमिका खेल्ने गायनतर्फ सांस्कृतिक सचिव कुमार गुरुङ, मिना गुरुङ, सुशील गुरुङको साथ इकाईका आमा समूहको साथमा देउसी, भैलो सुरु गरी रमाइलो गरिएको थियो ।

तिहारको शुभकामना मन्तव्य साथै उपस्थित नभएका अथितिहरु, विशेष अथिति तमु धिं यूके वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ, आमा उपाध्यक्ष कमला गुरुङ, तमु धीं यूकेका उपाध्यक्ष परशु गुरुङ, आमा उपाध्यक्ष श्रीमती नन्द गुरुङ, रि.ले.नारायणप्रसाद गुरुङ (बीईएम), रि.क्या.प्रेमबहादुर गुरुङ, रि.क्या.रामकाजी गुरुङ, विष्णु गुरुङ ट्र्ष्टी), जगदीश गुरुङ, फस्ट लेडी सीमा गुरुङ, सोंपाल समाज यूके अध्यक्ष, निवर्तमान अध्यक्ष श्रीप्रसाद गुरुङ, पूर्वअध्यक्ष, युक्त गुरुङ, रुम्जाटार सोसाईटी यूके अध्यक्ष धनबहादुर गुरुङ, बीजीएनए यूके BGNAUK अध्यक्ष शान्तबहादुर गुरुङ, पूर्वअध्यक्ष देउबहादुर गुरुङ, नातागोता एवं ट्रष्टी धनकाजी गुरुङ, हुम कुमारी गुरुङ, तमुधीं यूके कार्यसमिति सदस्य एवं समाजसेवी लन्डन इकाईका सल्लाहकार भोजबहादुर गुरुड, ट्रष्टी चन्द्रबहादुर गुरुङ, साउथ इस्ट रिजनल तमुधीं यूके पूर्व उपाध्यक्ष एवं समाजसेवी पार्वती गुरुङ, सोंपाल आमा अध्यक्ष मनदेवी गुरुङ, पूर्वआमा उपाध्यक्ष धनमाया गुरुङलगायत धेरै भन्दा धेरै समाजसेवी मान्यजन, दिदीबहिनी, दाजुभाइहरुको उपस्थिति थियो ।

कार्यक्रममा सहभागीलाई खानाको व्यवस्था इकाईका आमा समूह दिदीबहिनीहरुले गरेका थिए । आयोजक तमु धीं लन्डन इकाईले कार्यक्रममा उपस्थित भएर खुशी मनले दक्षिणा प्रदान गर्ने र तयारीमा खटिएका सबैलाई धन्यवाद दिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!