
सुक तुम्रोक
लन्डन १३ नोभेम्बर २०२४ । किरात याक्थुङ चुम्लुङ युके आसफोड शाखाले सन् २०२४ सालको बलिहाङ तङ्नामको अवसरम लारिङ्गेक नाम्लिङ्गेक (देउस-भैलो) खेलेको छ ।
गत ९ नोभेम्बरमा सेन्ट साइमन चर्च आसफोडमा प्रमुख अतिथि सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीका अध्यक्ष डम्बर सिङ्गक र संस्थाका अध्यक्ष सुन्दर लिङ्थेपले दीप प्रज्वलन गरेर देउसी भैलो सुरु गरिएको थियो । सोही अवसरमा अध्यक्ष लिङ्थेप, प्रमुख अतिथि सिङ्गक, सल्लाहकारहरु गणेश इजम, टंक लिम्बुबाट लेखक छत्र वनेमको लिम्बु कबितासंग्रह ‘मिम्जिरे लाम्हा’लोकार्पण गरिएको थियो ।
पुस्तकबारे समीक्षा ज्ञानु फुरुम्बो ‘चरप्पे’गरेका थिए भने लेखक छत्र वनेमले पुस्तक निकाल्दाको अनुभव र उद्देश्यको बारेमा प्रस्टाएका थिए । संस्थाका सचिव लालहाङ थलङद्वारा सन्चालन गरिएको औपचारिक कार्यक्रमलाई प्रमुख अतिथि सिङ्गकको बलिहाङ तङ्नामको शुभकामना मन्त्यव्य राखेका थिए । त्यसपछि अध्यक्ष सुन्दर लिङ्थेपले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै औपचारिक कार्याक्रमलाई बिसर्जन गराएका थिए ।
p
दोस्रो चरणको सांगीतिक कार्यक्रमलाई शेखर लिम्बु, माक्सती ओख्राबो र राजन नेम्बाङले संचालन गरेका थिए । नेपालबाट आएका कलाकारहरु ब्रबिम शेर्मा र गंगा फियाक र स्थानीय कलाकारहरुबाट गीत नृत्यहरु प्रस्तुत गरेर उपस्थितजनहरुलाई मनोरन्जन दिलाएका थिए । उक्त दिनको आकर्षण भनेको सुरुदेखि अन्तिमसम्म नै केलाङ नाच थियो ।
संस्थाको तर्फबाट गायक ब्रबिम शेर्मा र गायिका फियाकलाई टोकन अफ लभ स्वरुप नगद प्रदान गरिएको थियो । चाडपर्वलाई मनोरञ्जनका लागि विभिन्न खेलहरु जस्तै डाइस, तास र त्रिपाशाहरु खेलाइएको थियो भने फन्डराइजको लागि र्याफल उडाइएको थियो ।
र्याफलका लागि विभिन्न व्यवसाय व्यक्तिहरुले प्रायोजन गरेका थिए भने संकलित रकम आर्थिक स्थिति कमजोर भएका व्यक्तिलाई सहयोग गरिने बताएका थिए ।






