जस्मिन गर्बुजा बनिन् ब्रिटिस एयरवेजको क्याबिन क्रू तथा परिचारिका

SHARE:

प्रस्तुति: चिम्खोले काईला – बेलायत।

पुर्ख्यौली घर म्याग्दी जिल्ला, रघुगंगा गाउँपालिका ७ चिमखोला, कान्छीगाउँ हाल बेलायत निवासी सुश्री जस्मिन गर्बुजा British Airways को Cabin Crew तथा हवाई जहाजको परिचारिका बनेकी छिन्। उनको पहिलो उडान इटलीको रोममा हुने छ भने दोस्रो उडान सयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा हुनेछ। सायद जस्मिन गर्बुजा बेलायतवासी म्याग्देलीहरु मध्ये British Airways को पहिलो Cabin Crew तथा हवाइजहाज परिचारिका हुन् पर्छ।

जस्मिन गर्बुजा बाबा अमृत गर्बुजा र मीना पुनको कोखबाट सन् १९९९ मा हंगकंगमा जन्मेका थिए । जस्मिनको वाल्यकाल हंगकंग र नेपालको ललितपुर जिल्ला नखिपोटमा बितेको थियो। उनको प्राराम्भिक शिक्षा ललितपुर जिल्लाको लिटल एन्जल्स स्कुलदेखि शुरु भएको थियो।

जस्मिन परिवारको बसाइको क्रममा बाबा अमृत गर्बुजा आमा मीना पुन र भाई अमिन गर्बुजासंग सन् २०१० मा बेलायत आएका थिए। बेलायतमा उनले प्राथमिक बिद्यालय स्तरको अध्ययन हाम्सायारको फानबोरोस्थित सेन्ट बर्णाडेट स्कुलमा गरेकी थिइन् भने माध्यमिक बिद्यालयको अध्ययन फानबोरोकै फर्नहिल स्कुलबाट जीसीएसइ उतिर्ण गरेकी थिइन्।

जस्मिनले जीसीएसइ उतिर्ण गरेपछि फानबोरोकै Sixth Form College मा अध्ययन गरेकी थिइन्। Sixth Form College को अध्ययन पुरा गरेपछि उनि Bournemouth University मा Adult Nursing को अध्ययन गरेकी थिइन्। जस्मिन गर्बुजाले Adult Nursing को अध्ययन उतिर्ण गरि BSc Nursing को उपाधिबाट दीक्षित भएकी थिइन्।

जस्मिन गर्बुजा पेशाले उनि नर्स हुन्। उनले बेलायतको सरेस्थित फ्रिम्ली पार्क अस्पातालमा कार्यरत थिइन्। तर उनले पेशा बदल्न चाहेपछि उनि अहिले हवाइजहाज परिचारिका बनेकी हुन्।

जस्मिन गर्बुजा फुर्सदको समयमा बाबा अमृत गर्बुजा, आमा मीना पुन र भाई अमिन गर्बुजसंग घुमफिर गर्न रुचाउछिन् भने उनि नृत्य गर्न र अन्य साथी भाई तथा इष्टमित्रसँग गफ गर्न रुचाउँछिन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!