अपांगता भएकाहरूको सहयोगार्थ डिसेम्बर १ मा गुल्मी जिल्ला समाज यूकेको च्यारिटी कार्यक्रम

SHARE:


लन्डन २६ नोभेम्बर २०२४ । गुल्मी जिल्ला समाज यूकेले अपांगता भएकाहरूको सहयोगार्थ आउँदो १ डिसेम्बर २०२४ मा च्यारिटी कार्यक्रम गर्ने भएको छ ।

३१ औं विश्व अपांगता दिवसको अवसरमा शनिबार १ डिसेम्बरमा नर्थह्याम्पटनस्थित कम्युनिटी फुटबल ग्राउन्डमा च्यारिटी कार्यक्रम राखिएको अध्यक्ष रुद्र थापा मगरले जानकारी दिएका छन् । कार्यक्रम बिहान ११ देखि राति ८ बजेसम्म हुने तय गरिएको छ ।

गुल्मी जिल्ला समाज युकेले विगत १३ वर्षदेखि नेपालमा भएका अपांगहरूको सहयोगार्थ विश्व अपाङ्गता दिवसको अवसरमा प्रत्येक वर्ष च्यारिटी कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रममा प्रथम गुल्मेली बाजासहित नेपालबाट आएका ख्यातिप्राप्त राष्ट्रिय कालाकारहरुको पनि बेजोड प्रस्तुति रहने अध्यक्ष थापामगरले बताए । कलाकारहरुमा दीपक घर्ती मगर, रेजिना परियार, रुबिना अधिकारी लगायत छन् ।

उनले परोपकारी अभियानलाई सफल बनाउन गुल्मी जिल्ला समाज यूकेलाई माया गर्ने सम्पूर्ण गुल्मेली तथा गैरगुल्मेली दाजुभाइ, दिदीबहिनीहरूमा उक्त दिनको कार्यक्रममा सहभागी भइ दिन अनुरोधसमेत गरेका छन् । अध्यक्ष थापामगरले विश्व अपांगता दिवस विशेष रुपमा मनाउन लागिएको भन्दै उक्त कार्यक्रममा उपस्थित भएर वा नभ्याएमा सकेको सहयोग गरिदिन आग्रह गरेका छन् ।

यो कार्यक्रम अपांगता सचेतनामात्रै नभएर कार्यक्रमबाट उठेको रकम नेपालमा रहेका असक्त (अपांग) व्यक्तिहरुलाई नगद नभई जीवनमा लामो काम लाग्ने सीप र ज्ञान सिकाएर आत्मनिर्भर हुने क्षेत्रमा खर्च गराउने योजना रहेको अध्यक्ष थापामगरले सुनाए ।

खानाको व्यवस्थासहित २५ पाउन्ड प्रवेश शुल्क तोकिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!