लन्डन १ डिसेम्बर २०२४ । नेपाल पत्रकार महासंघ यूकेले बेलायतवासी नेपाली युवा व्यवसायी रमेशसिङ सराङकोटीसँग आइतबार मोर्गेजसम्बन्धी विशेष संवाद गर्दै छ ।
एफएनजे यूके संवाद कार्यक्रममा सराङकोटीसँग उपाध्यक्ष नरेन्द्र बस्नेतले संवाद गर्न लागेका हुन् । आयोजकका अनुसार कार्यक्रम तीन भागमा विभाजन गरिनेछ ।
पहिलो पटक घर किन्नेका लागि जानकारी, घरका मालिकहरूका लागि उपयोगी विषयवस्तु, लगानीकर्ताका लागि विशेष जानकारी दिइनेछ ।
साथै, अहिलेको ब्याजदरको अवस्था, स्ट्याम्प ड्युटीमा भएका नयाँ परिवर्तनबारे पनि आफूले जानकारी दिने युवा व्यवसायी सराङकोटीले जानकारी दिए । कार्यक्रम युकेको स्थानीय समयअनुसार आइतबार बिहान १० बजे, ब्रुनाईमा साँझ ६ बजे र नेपाली समयअनुसार दिउँसो ३ बजेर ४५ मिनेटमा सुरु हुने सञ्चालक तथा उपाध्यक्ष बस्नेतले जानकारी दिए ।
उपस्थितिको लागि लिंक: https://www.facebook.com/fnjuk रहेको छ ।






