६ गोर्खा राइफल्स ए कम्पनि (गलिपोली) को ३० वर्षपछी पुनर्मिलन

SHARE:

तर्कजंग गुरुङ – बेलायत

६ गोर्खा राइफल्स ए (गलिपोली) कम्पनिको ३० वर्षपछी गत शनिबार ३० नोभेम्बरका २०२४ का दिन बेलायतको अल्डर सट स्थित डि लन्ज रेस्टुरेन्टमा पहिलो पटक पुनर्मिलन भएको छ ।

उक्त पुनर्मिलनको संयोजक तर्क जंग गुरुङ, शान्त गुरुङ र मिन गुरुङ (साईला) ले गरेका थिए भने कार्यक्रममा सहभागी पुर्ब गलिपोली कम्पनीका सदस्यहरु तथा उनका परिवारहरुलाई संयोजकहरुले हार्दिक स्वागत गरेका थिए।

सो कार्यक्रममा गलिपोली कम्पनीका सदस्य तथा लन्डन बोरो अफ बार्नेट बर्न्टओक वडाका काउन्सिलर कमल गुरुङलाई मेजर धरम गुरुङ एमभिओले खदाले लगाएर सम्मान गरेका थिए भने संसारका १४ उच्च हिमाल कृतिमान आरोही तथा बेलायतको योंगेस्ट पर्वतारोहीको तेजन गुरुङ र उनका बुबा तेजबहादुर गुरुङलाई पनि सम्मान गरेका थिए ।

उक्त भेटघाट कार्यक्रममा लोक तथा दोहोरी गायिका रेजिना परियार, डान्सर तथा मोडल रुबिना अधिकारीले भरपूर मनोरन्जन दिएका थिए ।

उक्त कार्यक्रममा सुरक्षा सम्बन्धि जानकारी, उपस्थित सम्पुर्णलाई आसन ग्रहणलगायत गलीपुली लडाइँमा प्राणको आहुति दिने सम्पूर्ण वीर गोर्खाली सेनाहरूको संझनामा मौनधारण गरिएको थियो ।

मिनबहादुरले सञ्चालन गरेको कार्यक्रममा सुरक्षाबारे शान्त गुरुङले दिएका थिए भने स्वागत मन्तव्य तर्कजंग गुरुङले राखेका थिए । अन्त्यमा कार्यक्रमका संयोजकहरुले उपस्थित सम्पुर्णलाई धन्यवाद ज्ञापन दिएका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!