
लन्डन ३ डिसेम्बर २०२४ । गुल्मी जिल्ला समाज यूकेले १५ लाखभन्दा बढी संकलन गरेको छ ।
विश्व अपांगता दिवसको अवसरमा आइतबार १ डिसेम्बर २०२४ मा मिडल्यान्डमा आयोजित अपांगता दिवस च्यारिटी कार्यक्रमबाट १५ लाख रुपैयाँभन्दा बढी रकम संकलन गरिएको हो । अब अपांगता भएका व्यक्तिहरुको सीप तथा क्षमता विकासका लागि तालिमजस्ता उत्पादनमूलक कार्यमा लगानी गर्ने र त्यसबाट तत्काललाई मात्रै नभइ दीर्घकालीन रुपमै सहयोग उपलब्ध हुने समाजका अध्यक्ष रुद्र थापामगरले विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली दूतावास लन्डनका प्रथम सचिव उद्धव न्यौपानेले नेपालमा अपांगता भएकाहरुका लागि गुल्मी जिल्ला समाज यूकेले पुर्याउँदै आएको सहयोग प्रशंसनीय रहेको बताए । उक्त अवसरमा विशेष अतिथिहरु एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, एनआरएनए यूके महासचिव गोविन्द खरेल, समाजका पूर्व अध्यक्ष अर्जुन गौतम, ट्रस्टी रणबहादुर खाती क्षेत्री, सल्लाहकार कमल भण्डारी, साझा नेपाली समाज यूके अध्यक्ष दीपक सापकोटा, सिर्जनशिल लेष्टर नेपाल अध्यक्ष पुण्डरी अर्याल, स्थानीय समाजसेवी जुडिथ स्मिथ, चन्द्र सहानी, विष्णु चालिसे, नारायण फुयाल, शसांक शर्मा, महेश अधिकारी लगायतले मन्तव्य राख्दै समाजका परोपकारी कार्यहरुको प्रशंसा गर्दै निरन्तरताका लागि शुभकामना दिएका थिए ।
समाजका पूर्वअध्यक्ष राम गलामीले अपांगता दिवससम्बन्धी एक प्रिजेन्टेसन गरे । महासचिव महलाल घिमिरेले सञ्चालन गरेको कार्यक्रममा संयोजक एवम् उपाध्यक्ष मुकुन्द खरालले स्वागत तथा सहसंयोजक सुरेश केसीले धन्यवाद मन्तव्य दिएका थिए।अध्यक्ष थापाले कार्यक्रम सफल पार्न जुट्ने र सहयोग गर्ने सबैलाई धन्यवाद दिएका दिए ।
कार्यक्रममा नेपालबाट आएकी चर्चित मोडल रुबिना अधिकारीले आकर्षक नृत्य तथा दीपक घर्ती र रेजिना परियारले गायन प्रस्तुत गरेर मनोरञ्जन गराएका थिए । प्रथम नौमती बाजा गुल्मी यूकेले पनि विशेष प्रस्तुति गरेको थियो । समाजले कलाकार तथा कार्यक्रमका सहयोगीहरुलाई मायाको चिनो, प्रमाणपत्रसहित सम्मान गरेको थियो ।
कार्यक्रममा माया केसीको संयोजनमा आकर्षक पुरस्कारसहित ‘राफल ड्र’ गराइएको थियो । कार्यक्रममा मिडल्यान्डसहित लन्डन, केन्ट अल्डरसटलगायतका क्षेत्रबाट पुगेका गुल्मेली तथा गैरगुल्मेली नेपालीका साथै स्थानीय बेलायती समुदायका सदस्यहरु समेतको उल्लेख्य उपस्थिति थियो ।






