तमु धिं यूकेको बार्षिक साधारण तथा नयाँ कार्यसमितिको निर्वाचन आउदो सनिवार १४ डिसेम्बर २०२४ को दिन बेलायतको मिचेटस्थित आफ्नै भवनमा सम्पन्न हुने भएको छ।
उक्त दिन पहिलो चरणमा बार्षिक साधारण सभा हुनेछ भने दोस्रो चरणमा नयाँ कार्यसमिति चयन गर्नको लागि निर्वाचित प्रकृयामा जानेछ।
तमु धिं युकेले नयाँ कार्यसमिति चयन गर्नको लागि निर्वाचन समिति गठन गरेकोछ। निर्वाचन मण्डलको प्रमुखमा संस्थाका ट्रष्टी एकिन्द्र गुरुङलाई मनोनित गरेको छ भने अन्य आयुक्तहरुमा सल्लाहकारहरु मेजर कृष्ण गुरुङ र क्याप्टेन बालकृष्ण गुरुङलाई मनोनित गरेकोछ।
निर्वाचन मण्डलले नयाँ कार्यसमिति चयन गर्नका लागि निर्वाचन संबन्धि कार्यतालिका र कार्यक्रम, नियमावली, पद र शुल्कलगायत अन्य जानकारीको लागि सूचना प्रकाशित गरेको छ।






