काठमाडौँ ४ डिसेम्बर २०२४ । नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवर्द्धनमा अतुलनीय योगदान पुर्याएको भन्दै पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सदस्य भगबती चौधरीलाई बेलायतमा ‘वर्ल्ड बुक अफ रेकर्ड’द्वारा सम्मान गरिएको छ ।
समाजसेवी तथा आर्थिक सशक्तीकरणकी अभियन्ता सांसद चौधरीलाई ‘वर्ल्ड बुक अफ रेकर्ड’ले बेलायतको हाउस अफ कमन्स, बेलायती संसद् वेस्ट मिन्स्टरमा मंसिर १७ गते (२ डिसेम्बर २०२४) मा विशेष कार्यक्रम आयोजना गरी सम्मान गरेको हो ।
‘समाजको उन्नतिको लागि लोकतान्त्रिक मूल्य र राष्ट्रिय अखण्डताको प्रवर्द्धनमा अतुलनीय योगदानको लागि’ सांसद चौधरीलाई सम्मानित गरिएको बताइएको छ ।






