तमु धीं यूकेको तमु ल्होछार तथा रजत महोत्सवको तयारी तीव्र

SHARE:

[clear]
लन्डन ७ डिसेम्बर२०२४ । यही डिसेम्बर २८ तारिखमा हुने तमु ल्होछार तथा रजत महोत्सवको तयारी तीव्र रुपमा अघि बढिरहेको तमु धीं यूकेले जनाएको छ ।

अध्यक्ष हरि गुरुङको अध्यक्षतामा जुममार्फत बसेको बैठकमा तीव्र गतिमा ल्होछार तथा रजत महोत्सवको तयारी भइरहेको बैठकमा जानकारी गराइएको हो। ल्होछार संयोजक तथा संस्थाका उपाध्यक्ष कमल गुरुङले सञ्चालन गरेको बैठकमा स्वागत मन्तव्य मूल समितिका कोअर्डिनेटर तथा संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङले राखेका थिए । त्यसपछि विभिन्न उपसमितिका कोअर्डिनेटरहरूले आफ्नो समितिको प्रगति र अपडेटबारे भांग्रा समितिका रामचन्द्र गुरुङले जानकारी गराएका थिए ।

स्पोन्सरका बारेमा दिलरास गुरुङले जानकारी गराए । तमु धीं यूकेका ट्रस्टी सूर्य गुरुङले खानाको एकदमै राम्रो प्रबन्ध गरिने बताए । यातायातबारे संस्थाका सल्लाहकार शान्त गुरुङले हरेक ठाउँठाउँमा बस उपलब्ध गराउने जनाए । भांग्रा र कल सेन्टरबारे पूर्वअध्यक्ष रामचन्द्र गुरुङ, कल्चर सेक्रेटरी साधुराम गुरुङले कलाकारको भिसाबारे जानकारी गराए । आश्रम गुरुङले भिसा पाइसकेको र अन्यले चाँडै पाउने उनले बताए ।

मिडियाको बारेमा एसके कुमार गुरुङ, एकेन्द्र गुरुङले पनि बुलेटिनको तयारीबारे अपडेट गराउँदै फोटो नदिनेहरूलाई फोटो उपलब्ध गराउन अनुरोध गरेका थिए । गेस्ट संयोजक तथा उपाध्यक्ष पर्शुराम गुरुङले गेस्टको व्यवस्थापनबारे, हल डेकुरेसनबारे मेन संयोजक तमु धींको लन्डन इकाईका अध्यक्ष भरत गुरुङ र संयोजक ले. कुशन गुरुङले जानकारी गराएका थिए ।

यसैगरी, कोषाध्यक्ष दिलमाया गुरुङले आयव्यको अवस्था तथा टिकट तथा राफलबारेको प्रगति, साउन्ड-म्युजिक संयोजक तथा सल्लाहकार सपन राईले साउन्ड तथा म्युजिकबारे, सुरक्षाबारे यसका संयोजक सल्लाहकार ले. मुक्तिजङ गुरुङले अपडेट गराएका थिए ।

यस्तै, सहजीकरण तथा एप्रिसिएसनबारेमा यस उपसमिति संयोजक तथा संस्थाका सल्लाहकार ले. चन्द्रबहादुर गुरुङ, राफलबारे संयोजकमा सन्ध्या गुरुङ र टिम, प्राथमिक उपचारबारे लन्डन इकाई अध्यक्ष तथा कार पार्किङबारे पनि लन्डन इकाईका अध्यक्ष भरत गुरुङले जानकारी गराएका थिए । सबैले तयारी व्यापक बनेको जनाएका थिए ।

तमु धीं यूकेले २८ डिसेम्बर २०२४ मा क्राइस्टचर्च एभिन्यू, ह्यारो लेजर सेन्टरमा ल्होछार तथा रजत उत्सव मनाउँदै छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!