ग्रेटर रसमूर नेप्लिज ब्याटमिन्टन एसोसिएसनको छैटौं टुर्नामेन्ट सम्पन्न, को को बने विजेता, उपविजेता

SHARE:


लन्डन, अल्डरसट । ग्रेटर रसमूर नेप्लिज ब्याटमिन्टन एसोसिएसनको छैटौं टुर्नामेन्ट सम्पन्न भएको छ ।

शनिबार १४ डिसेम्बर २०२४ माा अल्डरसट ग्यारिजन जिम हल टुर्नामेन्ट राजेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो । महासचिव निर्मल श्रीसले टुर्नामेन्टमा सहभागी दर्शक खेलाडीहरु सबैलाई हार्दिक स्वागत गर्दै टुर्नामेन्ट सञ्चालन गरेका थिए ।

प्रतियोगिता सिंगल, डबल, भेटेरेन, सुपर भेटेरेन र महिला गरी विभिन्न समूहमा खेलाइएको थियो ।

पुरुष सिंगलमा रुकेश महर्जन विजयी भए भने विवेक राई उपविजेता बने । पुरुष डबलमा रुकेश महर्जन र प्रतिक गुरुङ विजयी भए भने उपविजेता दिपचन राई र विवेक राई ए समूहबाट डबल समूह बीबाट दीपक गुरुङ, विवेक थापा विजेता र अनिल सिन्जाली र लाल गुरुङ उपविजेता बने ।

भेटेरेन समूहबाट वीर आले मोहन गुरुङ विजयी भए, उपविजेता विष्णु राई र चतुरमान लिम्बु बने । सुपर भेटेरेनमा विष्णु राई र चन्द्र राना विजयी भए । उपविजेता कृष्ण गुरुङ खेम लिम्बू, महिला समूहबाट गीता थापा र मीरा सुब्बा विजयी बने । मिचाल र जेस्मिन उपविजेता बने ।

महिला पुरुष संयुक्त खेलमा सुदीप सेढाइ र चेरी विजयउपविजेता प्रकाश राई र मीचाल बने । सम्पूर्ण विजेता, उपविजेता खेलाडीहरुलाई नगद र मेडल पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिता सफल पार्नका लागि वी रिपियर कार सर्भिसले २ सय पाउन्ड, महासचिव निर्मल श्रीसले २ सय पाउन्ड, सल्लाहकार कृष्ण गुरुङले १ सय पाउन्ड, पूर्वअध्यक्ष मोहन गुरुङले १ सय पाउन्ड नगद प्रायोजन गरेका थिए ।

प्रतियोगिताको अन्तिम चरणमा मनोरन्जन कार्यक्रम पनि राखिएको थियो । जसमा नेपालबाट आउनु भएको कलाकार रुबिना अधिकारीले विभिन्न नेपाली गीतमा नृत्य प्रदर्शन गरेका थिए ।

प्रतियोगिता सफल पार्न खटिनुभएको संयोजक अशोक बाङ्सी, देउमान लिम्बू, राजीन गुरुङ, मोहन गुरुङ, नयन वाइबा, कृष्ण गुरुङ, बिर्ख गर्बुजा, लाल थापा, दुर्गा लिम्बु, इन्द्र पुनलाई महासचिव निर्मल श्रीसले धन्यवाद प्रकट गरेका थिए ।

अध्यक्ष राजेन्द्र गुरुङले प्रतियोगिता सफल पार्नका लागि आर्थिक, भौतिक सहयोग गर्ने सम्पूर्ण सहयोगदाता, उपस्थित खेलाडी, दर्शक महानुभावहरुलाई धन्यवाद प्रकट गर्दै प्रतियोगिता समापन गरेका थिए ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!