को हुन् तमु धिं युकेका १३ औं कार्यसमितिका अध्यक्ष जुमकाजी गुरुङ?

SHARE:

प्रस्तुति: चिम्खोले काईला

बेलायतको नेपाली समाजमा सधै हाँसेर बोल्ने, इमान्दार, वफादार र कर्तव्यनिष्ट चिरपरिचित व्यक्ति तथा बरिष्ठ समाजसेवी जुमकाजी गुरुङ तमु धिं युकेका नवनिर्वाचित अध्यक्ष हुन् भने उनि बेलायत सरकारको रक्षा मन्त्रालयका एक निजामति कर्मचारी पनि हुन्।

तमु धिं युके बेलायतमा स्थापित संस्थाहरु मध्ये सबभन्दा लोकप्रिय तथा सकृय संस्था हो। जुन संस्थालाई नेतृव गर्न यतिखेर जुमकाजी गुरुङ तमु धीं युकेको १३ औं अधिवेशनबाट सर्वसम्मतद्वारा अध्यक्षमा निर्वाचित भएका छन्।

जुमकाजी गुरुङको जन्म पिता सुनार गुरुङ र माता मनसुबा गुरुङको कोखबाट मोदी गाउँ पालिका वडा नम्बर १ भुक ताङ्लेमा सन् १९६१ सालमा भएको थियो। गुरुङको बाल्यकाल भुक ताङ्लेमा बितेको थियो भने प्राम्भिक शिक्षा पनि शिद्ध प्राथमिक बिद्यालय ताङ्लेबाट शुरु गरेका थिए। परिवारको बसाइ सराइ क्रममा पोखरा झरेपछि उनले जनप्रिय निम्न माध्यमिक बिद्यालयमा अध्ययन गरेका थिए भने प्रवेशिका परिक्षा श्री अमरसिङ माध्यमिक बिद्यालयबाट उतिर्ण गरेका थिए।

प्रवेशिका परिक्षा उतिर्ण गरेपछि गुरुङ आफ्नो पिताको पाइला पछ्याउदै सन् १९८० मा बृटिश सेनामा आबद्ध भएका थिए। ब्रुनाइको टुकर लाइन्समा बृटिश सेनाको आधारभूत तालिम लिएका थिए। बृटिश सेनाको आधारभूत तालिम उतिर्ण गरेपछि उनि कुईन्स गोर्खा इन्जिनियरको ६७ स्क्वाडनमा आबद्ध भएका थिए। गुरुङ कुईन्स गोर्खा इन्जिनियरमा कार्यरत हुदा लामो समयसम्म कम्ब्याट सिग्नलरको जिम्मेवारी निभाएका थिए भने उनले बेलायतमा क्लास वान सिग्नलर, सिग्नल सार्जन्ट र सिनियर एनसीओ जस्ता तालिमहरु उतिर्ण गरेका थिए। जुमकाजी गुरुङले बेलायतबाट सन् १९९७ सालमा बृटिश सेनाबाट सार्जन्ट पदमा अवकाश लिएका थिए।

जुमकाजी गुरुङ बेलायतबाट तथा बृटिश सेनाबाट अवकाश लिएपनि उनि सन् १९९८ मा बेलायत प्रवेश गरेका थिए। बेलायतमा प्रवेश गरेपछि उनि तमु धिं युकेमा आबद्ध भएका थिए। तमु धिं युकेलाई बलियो तथा दरिलो बनाउनको लागि जुमकाजी गुरुङ तमु धिं युकेको हाम्सायर तथा सरे इकाइको कार्यसमितिको सदस्य, सचिब, उपाध्यक्ष र दुइ कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। तमु धिं युकेको हाम्सायर तथा सरे इकाइको कार्यकाल समाप्त गरेपछि उनि तमु धिं युकेको कोषाध्यक्ष, दुइ कार्यकाल उपाध्यक्ष र बरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हाली सकेपछि उनि तमु धिं युकेको अध्यक्षको जम्मिवारी सम्हालेका हुन् ।

अध्यक्ष गुरुङले बेलायतमा सर्बाधिक चर्चित कार्यक्रमहरु गोर्खा कप, नेपाली मेला, ल्होछार, तमु धिं युके आजीवन सदस्य च्यारिटी डिनरलगायत बिभिन्न चुनौतिपूर्ण च्यारिटी कार्यक्रमहरुको सफल्तापुर्बक जिम्मेवारी निभाई सकेका छन्।

स्मरण रहोस: जुमकाजी गुरुङ तमु धिं युकेप्रति इमान्दारिता, वफादारिता, अनुसाशित, कर्तव्यनिष्ट र पारदर्शिता रहेको कारणले उनलाई सर्वसम्मतद्वारा अध्यक्ष पदमा निर्बिरोध चयन भएका हुन् । यद्धपि तमु धिं युकेको अध्यक्षको जिम्मेवारी निभाउन चुनौतिपूर्ण जिम्मेवारी मानिन्छ।

अध्यक्ष गुरुङ बेलायतमा स्थापित बिभिन्न संघ-संस्थाहरुमा आबद्ध रहेका छन्। गुरुङ राम बजार सोसाइटी युकेका निबर्तमान अध्यक्ष हुन् भने ताङ्गलेकोट तमु समाज युकेको संस्थापक संयोजक तथा अध्यक्ष हुन्। त्यस्तै स्वर्गीय लोक बहादुर गुरुङ प्रतिष्ठानको संरक्षक हुन् भने सहारा युके, ग्रेटर रसमर नेपली कम्यूनिटी, पर्बत वेल्फर सोसाइटी युकेका सल्लाहकार हुन्। गुरुङ बुद्धिस कम्युनिटी सेन्टर युके, डायमन बुद्धिस सेन्टर युके, थाउजन बुद्ध रेडिङ, र बुद्धिस गुम्बा रेडिङको ट्रष्टी सदस्य हुन्।

जुमकाजी गुरुङ श्रीमती कमला गुरुङ, छोरी प्रतिमा गुरुङ र छोरा प्रवेश काजी गुरुङसंग बेलायतको फान्बोरो भन्ने शहरमा बसोबास गर्दै आएका छन। उनले संसारका बिभिन्न मुलुकहरुको भ्रमण गरिसकेका छ। जस्तै: नेपाल, भारत, बेलायत, हंगकंग, ब्रुनाई, सिंगापुर, थाइल्याण्ड, मलेसिया, फिजी, कतार, दुवाई, अस्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा, साइप्रस, केन्या, बेलिज, बोजनिया, फ्रान्स, स्पेन, बेल्जियम, हल्याण्डलगायत यूरोपका थुप्रै देशहरुको भ्रमण गरिसकेका छन।

गुरुङ फुर्सदको समयमा बिभिन्न सामाजिक संस्थाका कार्यक्रमहरुमा व्यस्त हुन्छन। बचेका समय जुमकाजी गुरुङ श्रीमती कमला गुरुङ, छोरी प्रतिमा गुरुङ र छोरा प्रवेश काजी गुरुङसंग देश विदेशको भ्रमण गर्न रुचाउछन ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!