लन्डन २४ डिसेम्बर २०२४ । किरात राई यायोक्खा युकेले सन्जितकुमार राईलाई सम्मान गरेको छ ।
नोभेम्बर २४ तारिखमा युकेमा भएको डब्लु एमएसी वेल्स खुला मार्सल आर्टस प्रतियोगितामा पदक जितेका सन्जितलाई सम्मान गरिएको हो । डब्लुएमएसी वेल्समा सन्जितले २ स्पर्धामा स्वर्ण र रजत जितेका थिए ।
किरात राई यायोक्खा युकेका अध्यक्ष आशा राई र महासचिव राजेन राम्जाङ राईले सन्जितलाई सम्मानपत्र प्रदान गरे । यसअघि सोही उपलब्धिको कदर गर्दै एनआरएनए युकेले पनि सन्जितलाई सम्मान गरेको थियो ।
एनआरएनए युकेका अध्यक्ष हित काजी गुरुङ र महासचिव गोविन्द खरेलले सन्जितलाई प्रशंसापत्रसहित सम्मान गरे ।






