बीसीसी युकेले धार्मिक पूजापाठसहित तमू ल्होछार मनाउँदै 

SHARE:


लण्डन २४ डिसेम्बर २०२४ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले विविध धार्मिक कार्यक्रमकासाथ तमू (गुरुङ) हरुको महान पर्व तमू ल्होछार मनाउने भएको छ । आउँदो सोमबार ३० डिसेम्बर २०२४ अर्थात् २०८१ पौष १५ का दिन अल्डरसटस्थित बीसीसी गुम्बामा मनाउन लागिएको हो ।

उक्त ल्होछारका लागि नेपालबाट आमान्त्रित धर्मगुरु लामा गुप्ती गुरुङको बिशेष उपस्थितिमा आयोजना गर्न लागिएको कार्यक्रममा दिप प्रज्ज्वलन, घ्यासी (ग्रह शान्ति), आयु, साङ्ग, छोग, घनचक्र पूजाका गरिने कार्यक्रम रहेको छ । उक्त ल्होछारका दिन आमान्त्रित लामा गुप्ती गुरुङ, खेन्पो छेवाङ्ग, बीसीसी यूकेका खेन्पो शेनाङ्ग, लोपेन नोर्बु, लामा हर्कजंग घले, लामा प्रदीप गुरुङलगायत धर्मगुरुहरुले पूजापाठ गर्ने छ ।

विश्वभर रहेका गुरुङहरुले प्रत्येक पौष १५ गते हुने ल्हो अर्थात् बर्ग परिवर्तनलाई बिशेष महत्वका साथ लिने गर्दछ । सोही अनुरुप यसबर्ष विश्वभर रहेका गुरुङहरुले गिद्ध बर्गलाई बिदाई गर्दै सर्प बर्गलाई स्वागत गर्न लागिएको बीसीसी यूकेका उपाध्यक्ष एवं कार्यक्रम संयोजक क्याप्टेन क्याप्टेन देब घलेले जानकारी गराए ।

कार्यक्रममा तमू धीं युके, मगर संघ यूके, तामाङ्ग सोसाईटी यूके, थकाली समाज युके, ह्योल्मो समाज युके, रङ्गजुङ्ग येशे उडियना सेन्टर, एनआरएनए युके, शेर्पा एशोसिएशन युके, स्थानीय नेपाली संघसंस्था, धार्मिक संघसंस्था, बीसीसी लण्डन ब्रान्च, बीसीसी युकेका ट्रष्टी मेम्बर्सलगायत संघसंस्थालाई आमन्त्रण गरिएको बताइएको छ ।

बिहान ८ बजे देखि साँझ ४ बजेसम्म संचालन हुने सो कार्यक्रममा नयाँ लुंदा फेरिने भएको हुँदा साथमा सत्क्यु–पत्क्यु र नाङ्ग काटेर सोमबार ३० डिसेम्बरको बिहान ११ बजे भित्र गुम्बामा ल्याईदिनहुन बीसीसी युकेले अनुरोध गरेको छ ।

निःशुल्क चियापान, खाजा र खानाको समेत व्यवस्था गरिएको सो कार्यक्रमका लागि भोजन दान र दीप प्रज्ज्वलन गर्न चाहने भक्तजनहरुले गुम्बामा सम्पर्क गर्न समेत बीसीसी युकेले हार्दिक अनुरोध  छ ।

बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न हुन लागेको ल्होछार कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि बीसीसी यूकेको सिंगो कार्यसमिति, आमा प्रमुख जगना गुरुङलगायत आमाहरु, पूर्व अध्यक्ष तथा पूर्व आमा प्रमुखहरु, सल्लाहकारहरूले बिशेष जिम्मेवारी लिएको संयोजक क्याप्टेन घलेले जनाए ।  साथै, उनले उक्त  दिन आयोजना हुने धार्मिक पूजापाठमा सहभागी हुन सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक अनुरोध गरेका छन् ।

स्मरण रहोस्, बीसीसी युकेले तमू ल्होछार, सोनाम ल्होसार, ग्याल्पो ल्होसार लगायतका कार्यक्रमहरुमा बिशेष पूजापाठहरु गर्दै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!