
काठमाडौंमा गाडीको संख्या प्रत्येक दिन वृद्धि भई ट्राफिक फ्लो डिस्टर्व भई कन्जेसन भएको र हरेक दिन यो ट्राफिक कन्जेसन Congestion वृद्धि भई अबको २० वर्ष पछि रोडमा गाडी हिँड्न नसक्ने देखिकोले राष्ट्रपति भवनदेखि बालुवाटार, जय नेपाल भवन, कमलपोखरी, बागबजार, पुतली सडक, सिंहदरबार, माइतीघर मण्डला, थापाथली, त्रिपुरेश्वर, धरहरा, वीर अस्पताल, जमल, लाजिम्पाट हुँदै पुन: राष्ट्रपति कार्यलय भित्रको क्लोज सर्कल इन्नर रोडलाई १५ वर्षपछि साइकल सीटी घोषणा गरौं ।
४० वर्षपछि लागू हुने गरी साविक चक्रपथ भित्री रोडलाई पूर्ण साइकल सीटी हुने गरी आजै घोषणा गरौं/घोषणा आज गर्ने तर पहिलो चरणको कार्यान्वयन चाहिँ २० वर्षपछि गर्ने गरी र सम्पूर्ण चक्रपथ भित्री क्षेत्रको चाहिँ ४० वर्षपछि गर्ने । तर स्कुल Shuttle Bus, Hospital Shuttle Bus र ६५ वर्ष माथीका बृद्धको लागी Shuttle Bus चाहिं चलाउन पाईने गरि आज घोषणा गरि कार्यान्वयनमा ल्याउन सबै पक्षबाट ध्यानाकर्षण गराऔँ।
Underground Metro र 0ver Ground Metro Rail वा Overground Flyover Road Civil Engineering पक्षवाट संभव देखिए पनि Budget Economy,Public Safety र Maintainance पक्षबाट महंगो खर्चिलो देखिन्छ।
काठमाण्डौको Road मा बढेको गाडीको चाप हेर्दा अबको २० बर्षमा दुई लाख मोटर गाडी काठमाण्डौको रोडमा भित्रने देखिन्छ।हामीले काठमाण्डौंको चक्रपथ भित्रको रोड विस्तार गर्न सक्ने अवस्था छैन।किनकी दिर्घकालीन Planning विनै धेरै घर बनाउन दिएर राज्यको निकाएले गल्ती गरिरहेछ।चक्रपथ भित्रको जग्गा कहिं खाली देखिदैन र पूरै जमिन धेरै घरले भरि सक्यो।
यसै गरि दिर्घकालीन Planning योजना विना काठमाण्डौको चक्रपथ बाहिर यसै जताततै घर बनाउन स्विकृत दिन हुँदैन।
काठमाण्डौंको पुरातत्वीक सहरलाई विश्व माझ आकर्शित बनाउन,चिनाउन,बस्न लायक बनाउन,घुम्न लायक र विश्वकै क्रमाङ्कमा आउने शहर बनाउन Phase Wise पहिलो Phase,दोश्रो Phase गरि Cycle City घोषणा गरौं।
उता अर्को तर्फ काठमाण्डौं को Air Polution कोलम्बो,लाहुर,कलकत्ता,दिल्लीको जस्तै प्रदुशित हुने अवस्था छ।यसको लागी काठमाण्डौंको आकाशमा Dust वा धुलो बाट हुने प्रदुशण घटाउन जरुरी छ। काठमाण्डौंको आकाशमा भएको Dust प्रदुशणले यहाँ बस्ने हरेक मानिसको फोक्सोमा असर परि स्वास्थ्य कमजोर भएको अवस्था छ।
चक्रपथ Area भित्रको भुभाग लाई अबको ४० बर्ष पछि Cycle City कार्यान्वयनमा ल्याउन सकियो भने धुलो बाट हुने बायु प्रदुषण पनि घटने देखिन्छ।
अर्को तर्फ काठमाण्डौको आकाशमा कार्बन डाइअक्साइड र कार्बन मनोअक्साईड को Level हवात्तै बढेको देखिन्छ।यो गाडी बाट निक्लने धुवाँले गर्दा बृद्धि भएको हो/
काठमाण्डौमा आजै देखि Natural Oxygen को मात्रा बढाउनु पर्ने देखिन्छ।Natural Oxygen दिने एउटै श्रोत भनेको रुख,विरुवा र हरियाली हो।यो व्यापक रूपमा बढाउन सरकारी निकाएले Pilot Project ल्याएको देखिदैन।
घर जग्गा भएका हरेकले जमिन कम्पाउण्डमा र घरको छतमा आजैदेखी रुख विरुवा वा गमला विरुवा व्यापक रूपमा लगाउन जरुरि छ।
यसको लागी सरकारले हरेक घरमा गएर सचेतना दिनु पर्ने देख्छु।चक्रपथ भित्री रोड Cycle Road बन्दा बायुमा Dust को मात्रा कम हुने CO2 र CO को मात्रा घट्ने देखिन्छ।
हरेक घरले विरुवा लाउँदा यसले बायुमा अक्सिजनको मात्रा बढ्ने देखिन्छ।यसवाट मानिसको स्वास्थमा राम्रो प्रभाब पर्दछ।
यो धर्तिमा हामी मात्र बाँच्ने होइन।हामीले यो धर्ती छोडेर जाँदा हाम्रा छोरा,नाती,पनाती, खनाती र आउँदो पिंडीलाई शुन्दर प्रदुषण मुक्त शहर छोडेर जान सक्नु सक्नु पर्दछ।यता तर्फ कसैको ध्यान गएको देखिँदैन।
अर्को तर्फ काठमाण्डौंमा स्वास्थको लागी Cycle चढौं भन्ने नारा सरकारी निकायले घोषणा गर्न जरूरी छ। यसको लागी हरेक घर, स्कुल, व्यापारिक संस्था,सरकारी निकाए, जनतामा व्यापक सचेतना आवश्यक छ। यसको लागी आजै देखि हरेक नागरिकले Cycle चढौं, स्वास्थ्य बचाऔं भन्ने नारा अभियानको रूपमा लैजाऔं।
यो विषयहरु लेखिरहँदा सुन्दर प्रदूषण विनाको सहर लण्डनमा बस्ने आरके त्रिपाठीले किन नेपालको चिन्ता गरिरहेको होला भनि गिज्याउँछन् साथीहरु । यसमा मलाई अर्को चिन्ता छ । मैले यो सचेतना मेरो लागी मात्रै लेखेको होइन ,यसबाट काठमाण्डौंको Road भित्र गाडीको जाम घट्ने, बायुमा C02,CO मात्रा घट्ने, धुलोको मात्रा घट्ने, 02 को Level बढ्ने र हरेक मानबको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने हुनाले सबैमा निवेदन मात्र गरेको हुँ ।






