तमू ल्होछारका लागि वरिष्ठ लामा गुप्ती बेलायत आइपुगे

SHARE:

लण्डन २६ डिसेम्बर २०२४ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको आयोजना गर्न लागेको तमू ल्होछार पर्वका लागि पोखराका वरिष्ठ बौद्ध धर्म गुरु गुप्ती गुरुङ बेलायत आइपुगेका छन् ।

मंगलबार २४ डिसेम्बर राती लण्डन आई पुगेका लामा गुरु गुप्तीलाई स्वागत गर्न बीसीसी युकेका उपाध्यक्ष एवं तमू ल्होछार संयोजक क्याप्टेन देब घले, संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ, सल्लाहकार कमल गुरुङ, आमा उपप्रमुख शारदा गुरुङ, आमा समूहकी सदस्य प्रेमा गुरुङलगायत सदस्यहरु हिथ्रो एयरपोर्ट पुगेका थिए ।

त्यस्तै, तमूधिं युकेका पूर्व अध्यक्ष ज्ञाम गुरुङ, घान्द्रुक समाज युकेका निवर्तमान अध्यक्ष नारायणसिंह गुरुङ, पूर्व अध्यक्ष अर्जुन गुरुङ, घान्द्रुक काम्चे कोन्मय खलक युकेका अध्यक्ष क्या. चन्द्र बहादुर गुरुङलगायत आफन्तजन, शुभचिन्तक र भक्तजनहरु हिथ्रो पुगी खादा लगाई स्वागत गरेका थिए ।

बीसीसी युकेले आउने सोमबार ३० डिसेम्बरका दिन अल्डरसटस्थित गुम्बामा तमू ल्होछारको अवसरमा आयोजना गर्न लागेको बिशेष पूजापाठमा वरिष्ठ लामा गुप्ती गुरुङलाई निमन्त्रणा गरिएको हो । उनी घ्यासी पूजा, आयु पूजा, महाकाला पूजा, दिप प्रज्ज्वलन, साङ पूजालगायतका पूजाहरुमा सहभागी हुने छन् ।

स्मरण रहोस् तमू अर्थात् गुरुङ जातिहरुको महान पर्व ल्होछारका दिन प्रत्येक बर्ष बिशेष पूजाको आयोजना गर्दै आएको छ । सो ल्होछार कार्यक्रममा सहभागी भैदिन हुनका लागि सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा बीसीसी युकेले हार्दिक अनुरोध गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!