स्वीइन्डनका नेपालीहरुले ख्रीष्टमस भव्य रुपमा मनाए

SHARE:

जय तामाङ
लन्डन । स्वीइन्डनको अपहम रोडस्थित युनाइटेड रिफोर्म चर्चको हलभित्र फेथ हिमालयन चर्चका विश्वासीहरुले भव्यताका साथ ख्रीष्टमस मनाएका छन् । यही बुधबार २५ डिसेम्बरका दिन येशु ख्रीष्टको जन्मेको दिनलाई सम्झँदै उत्साहको साथ कार्यक्रम गरिएको हो । बाइबलमा २५ तारिख येशु ख्रीष्ट जन्मेको दिन उल्लेख नभएको पनि तर येशु ख्रीष्ट यस संसारमा अथवा धर्तीमा जन्मेको हो भनेर लेखेको थुप्रै ठाउँमा बाइबलभित्र लेखिएको यथेस्ट प्रमाणहरु छ ।

दिनको १ बजेदेखि प्रारम्भ भएको कार्यक्रमलाई मस्ताना राईले संचालन गरेका थिए । पास्टर्नी कविता राईले स्तुति प्रशंसाको भागलाई अगुवाई गरेकी थिइन् भने ख्रीष्टमसको सन्देश पास्टर किशोर राईले दिएका थिए ।

नोहा तामाङ, प्रेम गुरुङ, क्रिस्का राई, कृषण राई, मस्ताना राई, कविता राई र किशोर राईले आ-आफ्ना केही प्रस्तूतिहरु दिएका थिए । त्यसैगरी प्रेम गुरुङ र पास्टर गोपाल राईले बालबालिकाहरुलाई चर्चको तर्फबाट मायाको चिनोस्वरुप केही उपहार दिएका थिए ।

नेपाली समाज विल्टसायरका अध्यक्ष ज्ञानप्रसाद गुरुङ कार्य व्यस्तताका कारण कार्यक्रममा केही समय बसेर निस्किएका थिए । अध्यक्ष गुरुङले कार्यक्रम एकदम राम्रो हुँदाहुँदै बस्न सकिएन बरु नेपाली ख्रिस्टियनहरुले पनि नेपालीहरुका हरेक कार्यक्रममा भाग लिनु पर्नेमा जोड दिएका थिए ।

विभिन्न परिकारका भोजनका लागि मञ्जु तामाङले खसीको मासु, कविता राईले बुंगुरको मासु तारेको, अम्बिका गुरुङ र प्रेम गुरुङले कुखुराको मासु, मस्ताना राईले टमाटर र मुला तथा केराउको अचार, मीना राईले सेलरोटीको व्यवस्था गरेका थिए ।

जय तामाङले अतिथिहरु र कार्यक्रम सफल पार्नका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा खट्ने सबैलाई धन्यवाद दिएपछि पास्टर गोपाल राईले अन्तिम आशीषको प्रार्थना गर्दै कार्यक्रमलाई समापन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!