बेलायतमा नेपाली समाज विल्टशायरको प्रहरीलाई खाना खुवाउने कार्यक्रम सम्पन्न

SHARE:

जय तामाङ
स्वीइन्डन २८ डिसेम्बर २०२४ । बेलायतमा नेपाली समाज विल्टशायरले खाना खुवाउने कार्यक्रम सम्पन्न भएको छ ।

ख्रीष्टमस र नयाँ वर्षको शुभ अवसरमा समाजले विल्टसायरभित्र दिनरात नभनी समाजलाई गरेको योगदानको प्रशंसा गर्दै ७० जनाको हाराहारीमा रहेका प्रहरीहरुलाई खाना खुवाएको हो । समाजको खाना खुवाउने कार्यक्रममा चार वटा नेपाली रेस्टुरेन्टहरु र पियार्ल्स फुनारल सर्भिसले प्रायोजन गरेका थिए ।

दिवाली रेस्टुरेन्टले चिकेन टिक्का मसला र पुलाउ राइस २० जनाको लागि, रनर क्लबले चिकेन करी, सब्जीको करी र सादा भात २० जनाको लागि, याक द हिमालय रेस्टुरेन्टले फ़्राइड म म, चिकेन चिल्ली, सादा भात ३० जनाको लागि, म म किंग्सले भेज म म, चिकेन म म, पोर्क म म, भेज चाउमेन, चिकेन चाउमेन, मिक्स चाउमेन ३० जनाको लागि व्यवस्था गरेका थिए । साथमा पानी, जुस र कोक फेण्टाहरुको पनि व्यवस्था गरिएको थियो ।

खाना खाने बेलामा पाइपर ब्याग बाजा बजाएर रमाइलो पनि गरिएको थियो ।

कार्यक्रमको अन्तमा एमटिएम अवार्डद्वारा प्रशंसासहित नेपाली समाजलाई प्रशंसापत्रद्वारा सम्मान गरेको थियो ।

यो भन्दा पहिला पनि नेपाली समाजले कोरोनाको समयमा र अरु बेला गरी ३ पटक खाना खुवाइसकेको अध्यक्ष ज्ञानप्रसाद गुरुङले जनकारी दिए ।

 

 

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!