यसरी सकियो तमु समाज यूकेको ग्रहशान्ति तथा शुद्धीकरण पूजा

SHARE:


लन्डन ३० डिसेम्बर २०२४ । तमु समाज यूकेले धर्मगुरु लामा ड्रुब्लाद्वारा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न गरेको छ ।

तमुहरूको महान् पर्व ल्होछार (गिद्ध वर्गको बिदाइ तथा सर्प वर्गको स्वागत) को अवसरमा २८ डिसेम्बर २०२४ मा बरहाम पार्क वेम्बली लन्डनस्थित तमु समाज यूके नेप्लिज कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा गरेको हो ।

बिहान १० बजे शुभारम्भ भई दिउँसो ४ बजे समापन भएको कार्यक्रममा समाजका पदाधिकारी, सल्लाहकार, आजीवन सदस्यलगायत समाजका ज्येष्ठ नागरिक, युवा तथा बालबालिकाको उपस्थिति थियो। समाजको सक्रिय सदस्य हरिमान गुरुङको संयोजकत्व तथा आमा समूहका अध्यक्ष विमला गुरुङको व्यवस्थापनमा पूजा आयोजना गरिएको हो ।

पूजा सुरु हुनुभन्दा पहिले राङजुङ यसे ओडियाना यूके CIO बुद्धिस्ट सेन्टर फार्नबोरोका प्रमुख लामा ड्रुब्ला गुरुलाई समाजका अध्यक्ष बिन्दु घले र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले धार्मिक विधिपूर्वक पूजास्थलमा स्वागत गरेका थिए । निवर्तमान सचिव तथा सल्लाहकार धरम बल गुरुङले धर्म गुरुहरूको परिचय गराएर हेल्थ एन्ड सेफ्टीबारे जानकारी दिएका थिए । त्यसपछि संस्थाका अध्यक्ष बिन्दु घले, आमा समूहकी अध्यक्ष विमला गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, काउन्सिलर कमलबहादुर गुरुङ, निवर्तमान अध्यक्ष शिव कुमार गुरुङद्वारा संयुक्त रूपमा द्विप प्रज्वलन र छ्योक अर्पण गरी पूजा कार्यक्रम आरम्भ गरेका थिए । पूजा कार्यक्रमको निर्देशन र रेखदेख समाजका धार्मिक संयोजक हरिमान गुरुङले गरेका थिए ।

नेपालबाट आएका राङजुङ यसे ओडियाना यूके CIO बुद्धिस्ट सेन्टर फार्नबोरोका प्रमुख लामा ड्रुब्ला गुरु र उनका सहयोगी राङजुङ यसे ओडियाना यूके CIO बुद्धिस्ट सेन्टरका संयोजक रवीन्द्र लोसालले धार्मिक विधिअनुसार ग्रहशान्ति तथा शुद्धीकरण पूजा गरेका थिए । धर्मगुरु लामा ड्रुब्ला गुरुले ग्रहशान्ति र शुद्धीकरण पूजाको महत्वबारे सबैले बुझ्नेगरी प्रवचन दिएका थिए ।

दिउँसो ४ बजे पूजा सकिएपछि समाजका अध्यक्ष घले र कार्यसमितिका पदाधिकारीले धर्म गुरुहरूलाई विधिपूर्वक गुरुदक्षिणा प्रदान रेका थिए । समापनको अवसरमा संस्थाका कोषाध्यक्ष चन्द्रकान्त गुरुङले पूजा कार्यक्रममा स्वतस्फूर्तले द्रब्यदान गर्ने व्यक्तित्वहरूलाई धन्यवाद व्यक्त गर्दै नामावली वाचन गरेर सुनाएका थिए ।

आमा समूहका अध्यक्ष गुरुङले भोजन तथा पेय पदार्थ प्रायोजन गर्ने आमा समूहका दिदीबहिनीहरूको नामावली वाचन गरेर धन्यवादसहित आभार व्यक्त गरिन् ।

अन्त्यमा संस्थाका अध्यक्षले कार्यक्रम सफल बनाउने धर्म गुरुहरू, पूजा संयोजक र द्रब्यदान, भोजन तथा पेय पदार्थ प्रायोजक, व्यवस्थापन कार्यमा सहयोग गर्ने दिदी बहिनीसहित पूजामा सहभागी सबैलाई धन्यवाद दिइन् । सोही क्रममा तमु समाज यूकेले आगामी ४ जनवरी २०२५ शनिबारका दिन ह्यारो लेजर सेन्टरमा हर्षोल्लास साथ तमु ल्होछार उत्सव कार्यक्रम आयोजना गरेको जानकारी दिँदै उपस्थितिका लागि अनुरोधसमेत गरेकी थिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!