प्रवासी नेपाली मञ्च युकेको २० औं वार्षिकोत्सव मनाइयो

SHARE:

लन्डन ८ जनवरी २०५ । प्रवासी नेपाली मंच युकेको २० औं वार्षिकोत्सव यहाँ भव्य समारोह बीच मनाइएको छ।

आइतबार बेलुका पश्चिम लन्डनमा आयोजित  समारोहको शुरुमा संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय आङ्ग कल्जंग लामाको आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो।
प्रवासी नेपाली मंच युकेका अध्यक्ष तुङ्गभद्र भुसालको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व अध्यक्षहरु दिनेश घिमिरे, रामशरण सिंखडा, राजेन्द्र पुडासैनी,, सुरेन्द्र थपलिया लगायतले शुभकामना दिएका थिए।एनआरएनएका केन्द्रीय उपाध्यक्ष तथा संस्थाका पूर्व अध्यक्ष सिम्खडाले २०१४ जनवरी ५ मा आफु मंचको अध्यक्षमा निर्वाचित भएको स्मरण गर्दै अझ जुझारु रुपमा अगाडी बढ्न संस्थालाई शुभकामना दिए। अर्का पुर्व अध्यक्ष पुडासैनीले बार्षिकोत्सवमा सहभागी हुन आउनु भएका सबैलाई धन्यबाद दिए ।

अर्का पूर्व अध्यक्ष सुरेन्द्र थपलियाले सन् २००४ डिसेम्बर २० का दिन  आङ्ग कल्जंग लामाको निवासमा भेला भएर आफुहरुले संस्था स्थापना गरेको स्मरण गरे।   उनले नेपालको उन्नति प्रगति र नेपालीको दुखसुखमा साथ दिनुका साथै मंचले सामाजिक र परोपकारी कामहरु गर्दै आएको जनाए।  उनले श्रमिक राहत कोष खडा गर्न संस्थाले छिट्टै आकर्षक उपहार सहितको  राफल टिकट बिक्री अभियान संचालन गर्न लागेको जनाए।    त्यस्तै प्रवासी नेपाली मंच युके इन्चार्ज सरस्वती केसी, प्रवासी नेपाली मंचका पुर्व अध्यक्ष तथा अन्तरराष्ट्रिय कमिटिका उपसचिव कर्ण शाही, ओएनएफ युके नर्थ वेष्ट कमिटि अध्यक्ष भिम लाल भट्टराई लगायतले पनि शुभकामना दिए ।

२० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा प्रवासी नेपाली मंच अन्तरराष्ट्रिय कमिटिका अध्यक्ष भक्त गुरुङले सन् २००४ मा तत्कालिन राजा ज्ञानेन्द्रले लोकतन्त्र अपहरण गरेको बेला लोकतन्त्र तथा मानव अधिकारको  रक्षा गर्न एनडीएफको स्थापना गरिएको बताए।उनले नेपाललाई समृद्ध बनाउन, यहाँ आर्जन गरेको ज्ञान र धनलाई नेपालसंग जोड्न र समृद्ध नेपाल बनाउन संस्थाले काम गर्नु पर्नेमा जोड दिए।उनले डायस्पोरा संग नजोडिंदा सम्म नेपालको विकास सम्भव छैन भन्दै भारत लगायत संसारभरि रहेका डायस्पोरालाई समृद्ध नेपाल बनाउन परिचालित गर्नु पर्ने जनाए।  उनले प्रवासी नेपाली मंचलाई बढी भन्दा बढी नेपालीहरु सम्म पुराउन आग्रह पनि गरे।
शुभकामना मन्तव्य दिंदै राष्ट्रिय स्वतन्त्र पार्टी युकेका अध्यक्ष पवन शर्माले विदेशमा बसेर पनि देशको हितमा केही भए पनि योगदान गर्ने उद्देश्यले नेपालीहरु विभिन्न संगठनमा आबद्ध भएको बताए।  उनले  राष्ट्रिय स्वतन्त्र पार्टी एक वैकल्पिक पार्टीको रुपमा स्थापित भै सकेको बताउंदै जुनसुकै पार्टीमा भए पनि सुसंस्कृत विचार राख्न आग्रह गरे।

प्रवासी नेपाली मंच युकेका अध्यक्ष तुङ्गभद्र भुसालले कोभिड महामारीको समयमा मन्चले अन्तरराष्ट्रिय कमिटिसंग मिलेर पोखराको एक अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नुका साथै थुप्रै अक्सिजन कन्सनट्रेटरहरु नेपाल पठाएको स्मरण गरे । उनले सन् २०१५ को महाभूकम्प लगायत विपदको बेलामा सक्दो सहयोग गर्दै आएको जनाए।उनले मंच नेकपा एमालेसंग निकट रहेको बताउंदै एमालेका राम्रा कामहरुको प्रचार प्रसार गर्नुका साथै कमी कमजोरी सच्याउन आफुहरुले रचनात्मक सुझाव पनि दिने गरेको बताए।

कार्यक्रममा सपन राई तथा श्याम खत्रीले विभिन्न गीत प्रस्तुत गरेका थिए।  त्यस्तै  सीमा अधिकारी, अनीशा  लगायतले रोचक नृत्य प्रस्तुत गरे।

प्रवासी नेपाली मंच युकेका सचिव पुण्य रेग्मीले संचालन गरेको समारोहमा कार्यक्रम संयोजक कृष्ण भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने उपाध्यक्षडा। मुकुन्द बास्तोलाले हेल्थ एण्ड सेफ्टीका बारेमा जानकारी गराएका थिए ।

बार्षिकोत्सवमा बेलायतमा बसोबास गर्ने एमाले सँग निकटता राख्ने पुराना तथा नयाँ सदस्यहरुको उपस्थिति थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!