नेपाली कांग्रेसका नेता डा कोइराला आइपुगे लन्डन, विमानस्थलमा स्वागत

SHARE:


लन्डन १० जनवरी २०२५ । नेपाली कांग्रेसका नेता एवं संघीय सांसद डा. शेखर कोइराला बेलायत आइपुगेका छन् ।

यही जनवरी १३ का दिन संसद् भवनभित्र आयोजना गरिने एक विशेष कार्यक्रममा सम्बोधनलगायत कार्यक्रमका लागि कोइराला बिहीबार राति (९ जनवरी २०२५) मा लन्डनस्थित हिथ्रो बिमानस्थल ओर्लिएका हुन् । उनलाई बेलायतस्थित नेपाली कांग्रेसका कार्यकर्ता तथा शुभेच्छुकहरुको जम्बो टोलीले स्वागत गरेको थियो ।

उनी बेलायतको एसिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा बेलायत आएका हुन् ।

नेता कोइरालाले एक साता बेलायतमा रहँदा बेलायती राजनीतिज्ञहरुसंग भेटघाट साथै विभिन्न सहरमा नेपाली समुदाय र कांग्रेस कार्यकर्तासँग पनि अन्तरक्रिया गर्नेछन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!