बेजिङस्टोक नेपाली कम्युनिटी यूकेको साप्ताहिक भलाकुसारी कार्यक्रम सम्पन्न

SHARE:

लन्डन ११ जनवरी २०२५ । बेजिङस्टोक नेपाली कम्युनिटी यूकेको साप्ताहिक भलाकुसारी कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार १० जनवरी २०२५ मा बेजिङस्टोक गेसोका अध्यक्ष जसबहादुर गुरुङको अध्यक्षतामा बुढाबुढी कफी मर्निङ सम्पन्न भएको हो । कफी मर्निङ बिहान १० देखि गेसोका संस्थापक अध्यक्ष तथा सामाजिक अभियन्ता पदमबहादुर गुरुङसँग भलाकुसारी कार्यक्रम थियो ।

कार्यक्रम सन्चालक बेजिङस्टोक नेपाली कम्युनिटीका एल्डर पिपुल कोअर्डिनेटर तथा गेसोका केन्द्रीय अभियन्ता उत्तर सुन्दास थिए । कार्यक्रममा वक्ताहरुमा गेसोका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा तामगि गाबिस पोखराका अध्यक्ष भक्तबहादुर गुरुङ, बेजिङस्टोक नेपाली कम्युनिटीका भूपू महासचिव तथा वर्तमान पब्लिक रिलेसन अफिसर निशा शर्मा (क्यान्सर अवेयरनेससम्बन्धी) सामाजिक अभियन्ता मेजर जुद्धबहादुर गुरुङ थिए ।

कार्यक्रममा आफ्नो धारणा राख्दै पदमबहादुर गुरुङले गेसो आन्दोलनलाई पूरा गरेर छाड्ने, अहिले बेलायतमा बस्ने छोराछोरीहरुलाई बस्ने अधिकारको सुनिश्चित गर्ने र भविष्यमा बेलायतबाट नलखेटिने जस्ता कुराको ग्यारेन्टी गर्ने तीन कुरामा जोड दिएका थिए ।

उनले अस्वस्थ्य भए पनि गोर्खालीको लागि लडिरहने प्रतिबद्धता जनाए । उनले भावुक हुँदै भने, ‘मेरो जन्म दिने आमाबाहेक मेरो स्वास्थोपचारका लागि तपाईंहरुले मेजर उदयबहादुर गुरुङको संयोजकत्वमा पैसा उठाएर अर्को आमाको भूमिका निर्वाह गर्नुभयो, तपाईंहरुलाई धन्यवाद छ ।’

अन्तमा गेसो बेजिङस्टोकका अध्यक्ष जसबहादुर गुरुङले सबैलाई धन्यवाद दिँदै गोर्खालीको यो आन्दोलनमा ऐक्यबद्धता जनाउन आग्रह गरेको दुर्गा गुरुङले जानकारी दिए ।

बेजिङस्टोक नेपाली कम्युनिटी यूकेको प्रत्येक हप्ता शुक्रबार बुढाबूढी कफि मर्निङ हुँदै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!