
लन्डन ११ जनवरी २०२५ । नागरिक समाज बेलायतले नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सांसद डा शेखर कोइरालाको अभिनन्दन गरेको छ ।
बेलायत भ्रमणमा रहेका कोइरालालाई समाज बेलायतले शुक्रबार साउथ ह्यारोस्थित गोल्डेनसीप रेस्टुरेन्टमा एक कार्यक्रमबीच अभिनन्दन गरेको हो । कोइरालाको अभिनन्दन कार्यक्रममा संयोजकको जिम्मा समाजसेवी डेभिड गुरुङले लिएका थिए ।

संयोजक गुरुङले आफ्नो निम्तोलाई स्विकारी उपस्थित हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई आभार व्यक्त गरेका छन् । कार्यक्रममा नागरिक अगुवा, एनआरएनए अभियन्ता, सामाजिक संस्थाका अगुवालगायतको उपस्थिति थियो ।
कांग्रेस नेता डा कोइराला बेलायतको एसिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा कोइराला बिहीबार राति लन्डन आइपुगेका हुन् । उनलाई शुक्रबार लन्डनस्थित नेपाली दूतावासले स्वागत गरेको थियो ।






