बुद्ध फाउन्डेसन यूकेको अध्यक्षमा पुन: श्रेष्ठ

SHARE:


लन्डन २१ जनवरी २०२५ । बुद्ध फाउन्डेसन यूकेको अध्यक्षमा पुन: दीपक श्रेष्ठ चयन भएका छन् ।

आइतबार लन्डन प्लमस्टिडमा सम्पन्न तेस्रो अधिवेशनले श्रेष्ठको नेतृत्वमा कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्ष सुशील प्रजापति र अर्जुन कटुवाल, महासचिव डा सुरजमणि पौडेल, सचिव अञ्जना थापा, कोषाध्यक्ष निरञ्जन खड्का र सहकोषाध्यक्ष गोविन्द सापकोटा छन् ।

त्यस्तै, कार्यसमिति सदस्यहरुमा सचिन श्रेष्ठ, ह्यारी गुरुङ, ध्रुवहरि बाँस्कोटा, सोम सापकोटा, पदम रावल र शरद श्रेष्ठलाई चयन गरिएको छ । कोअप सदस्यका रुपमा सुरेन रुपाखेती, राम थापा, जयगोपाल श्रेष्ठ, सम्झना महत र विनिता खड्का पनि चुनिएका छन् ।

निर्वाचन समितिका प्रमुख शिवजी श्रेष्ठले नवनिर्वाचित कार्यसमितिको घोषणा गर्दै शपथग्रहण गराएका थिए । समितिका सदस्यसचिव फडिन्द्र भट्टराईले सञ्चालन गरेको सत्रमा समितिका सदस्यहरु विनोद ज्ञवाली र श्रीचन्द्र गुरुङले टीका, खादा र प्रमाणपत्रसहित नयाँ कार्यसमितिका पदाधिकारीलाई शुभकामना दिएका थिए । नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको रहनेछ ।

यसअघि अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनको पहिलो सत्रमा उपाध्यक्ष सचिन श्रेष्ठले सन् २०१७ मा स्थापना भएयता बुद्ध फाउन्डेसन यूकेले गर्दै आएका मुख्य गतिविधिहरु समेटेर प्रगति प्रतिवेशन पेश गरेका थिए । त्यस्तै, उपाध्यक्ष अर्जुन कटुवालले प्रस्तुत गरेको संस्थाका आर्थिक गतिविधि तथा हिसाकिताबसम्बन्धि प्रतिवेदन पनि अधिवेशनले पारित गरयो।

बन्दसत्रमा विधान समितिका संयोजक फडिन्द्र भट्टराईले पेश गरेको विधान संशोधनसम्बन्धी प्रस्ताव पनि सभामा छलफलपछि पारित भएको थियो ।

अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले फाउन्डेसनले नेपाल र नेपालीपनलाई अन्तरराष्ट्रिय स्तरमा ‘ब्रान्डिङ’ गरिरहेकोमा खुशी व्यक्त गरे ।

अधिवेशनमा स्थानीय रोयल बरो अफ ग्रीनवीचका मेयर जीत रानाभाट, एनआरएनए आइसीसीका उपाध्यक्ष रामशरण सिम्खडा, एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटा, निर्वाचन समितिका संयोजक शिवजी श्रेष्ठ र सदस्यसचिव फडिन्द्र भट्टराई, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, पासा पुचः गुथि यूके अध्यक्ष सुशील प्रजापति, सोसाइटी अफ नेप्लिज् प्रोफेसनल्स यूकेका अध्यक्ष गजेन्द्र कटुवालसहित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिले शुभकामना मन्तव्य दिएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!