ल्वाङ होमस्टेको निमन्त्रणामा तमुधी युके र सहारा युके १३ फेब्रुअरीमा पर्यटकीय गाउँ ल्वाङ जाने

SHARE:


ल्वाङ होमस्टेको निमन्त्रणामा तमु धी युके र सहारा युके १३ फेब्रुअरीमा पर्यटकीय गाउँ ल्वाङ जाने निश्चित भइसकेको  छ ।

ल्वाङ मा पुगेर ल्वाङ गाउबाट नजिकै देखिने माछापुछ्रे , अन्नपुर्ण  हिमाल नियाल्दै अन्नपुर्ण चियाबारी , बुद्ध पार्क , क्षेताक्यु बराह मन्दिर, गुफा , श्री बाराही आधारभूत निम्न माध्यमिक बिद्यालय आदिको भ्रमण गर्ने छन् । १४ फेब्रुअरी बिहान ९ बजे सहारा युके द्वारा सहयोग  LWANG VILLAGE बोर्ड को उद्दघाटन गर्ने छ । यस भ्रमणको नेतृत्व  तमु धीं युकेको मिडिया सेक्रेटरी एस. के. गुरुङले गर्ने छ ।

तमु धीं यूकेका नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वमा यही ३१ जनवरीमा नेपाल प्रस्थान गर्न लागेको हो । टोलीले नेपालका पर्यटकीय स्थल भ्रमण तथा विभिन्न संस्थाका पदाधिकारी, बुद्धिजीवी र इस्टमित्रसँग भेटघाट गर्नेछ ।

प्रारम्भिक जानकारी अनुसार ३१ जनवरीमा नेपाल प्रस्थान गर्ने, १ फेब्रुअरीमा काठमाडौंमा डा. जगमान गुरुङसँग भेटघाट गर्नेछ । २ फेब्रुअरी बिहान पोखरा प्रस्थान गर्ने, ३ मा बौद्ध अर्घौं सदन र बगर भाइ खलक फुटबल फाइनलमा सहभागी हुनेछ ।

फेब्रअरी ४ मा आहा रारा पोखरा गोल्डकपको उद्घाटन समारोहमा सहभागी र ताङ्ले समाजका पदाधिकारीसँग भेटघाट हुने छ । ५ फेब्रुअरीमा सिक्लेस जाने, ६ मा चित्रे, ८ मा राम्जा आर्थर, ९ मा खाल्ट र १० फेब्रुअरीमा पर्वतमा आँखा शिविर प्रारम्भ गरेर पुन: पोखरा फर्किनेछ ।

यस्तै ११ फेब्रुअरीमा तमु सांस्कृतिक प्रतिष्ठान नेपालको कार्यक्रममा सहभागी हुने, १२ फेब्रुअरीमा नौलो घुम्ती, सहारा एकेडेमी, तमु धीं यूकेलाई सम्मानका लागि आयोजना गर्ने सम्मान कार्यक्रममा सहभागी हुने छ । सोही दिन तमु धीं आमा समूह भने स्याङ्जातर्फ जाने छ ।

यस्तै र १५ फेब्रुअरीमा पोखरा फिर्ता भएर तमु धीं नेपालसँग भेटघाट गर्नेछ ।

१५ फेब्रुअरीमा पोखरा म्याराथन, च्यार भन्ज्याङ तमु समाज च्यारिटी डिनर र आहा रारा पोखरा गोल्डकप फाइनलमा सहभागिता जनाउने कार्यक्रम छ । यस्तै १६ फेब्रुअरीमा गल्याङ जाने, १७ मा लमजुङ भ्रमण गर्ने र १९ मा काठमाडौं पुग्ने र एकरात बसाइपछि २१ फेब्रुअरीमा बेलायत फर्किने तालिका रहेको तमु धीं यूकेको मिडिया सेक्रेटरी एस. के. गुरुङ ले  जनाएको छ ।

अध्यक्ष जुमकाजी गुरुङले यो भ्रमण नेपालको पर्यटन प्रवर्द्धनका लागि हुने बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!