
लन्डन (आसफोर्ड, केन्ट) । सेवारो कलाकार संघ युकेको तेस्रो अधिवेशनबाट इन्द्र पङ्धाक (लिम्बु) को अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएको छ ।
२५ जनवरी शनिबारको दिन सगरमाथा नेप्लिज कम्युनिटी हलमा भएको अधिवेशनबाट अध्यक्षमा इन्द्रा, उपाध्यक्षहरु क्रमश: बिमला लिम्बू, भिम मादेन, जय मादेम्बा, महेश्वरि नेम्बाङ, अग्नि केदेम चयन भएका छन् ।
महासचिव : माक्सती ओख्राबो लिम्बु
सचिव : शान्ति लिम्बु
सहसचिव : राजन नेम्बाङ ( अन्जान)
कोषाध्यक्ष : सानू सुब्बा
सहकोषाध्यक्ष : कुबेर हुक्पा चोङ्बाङ
सदस्यहरुमा क्रमश:
कृष्णकुमार हेम्ब्या
नगेन्द्र नेम्बाङ
कबित यक्सो
पदम सम्बाहाम्फे
दिलु पन्धाक
भगवती थलङ
गङा लिम्बू
धनु याख्खा

अधिवेशनको पहिलो चरण प्रमुख अथिति संस्थापक अध्यक्ष काजिमान याक्सो र अध्यक्ष दुर्गा पाङ्मा हुक्पा चोङ्बाङले पानसमा दिप प्रज्वलन गर्दै राजेन्द्र नेम्बाङ र कुबेर हुक्पा चोङ्बाङको नेतृत्वमा लिम्बुहरुको लोकप्रिय नाच च्याब्रुङ (के लाङ) नाचेर उद्धघाटन गरेका थिए । महासचिव जय मादेम्बाले कार्यकाल अवधिभरिको कार्यप्रतिवेदन र कोषाध्यक्ष सानु सुब्बाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन अधिवेशन हलबाट सर्बसम्मत पारित भएको थियो । अधिवेशनको अवसर पारेर अध्यक्ष पाङ्माले आफ्ना कार्यकालका कार्यसमिति साथीहरुलाई मायाको चिनो संस्थाको लोगो अङ्कित कपहरु प्रदान गरेका थिए ।
अधिवेशनको दोस्रो चरण सगरमाथा नेप्लिज कम्युनिटिका अध्यक्ष डम्मर सिङ्गक लिम्बुको अध्यक्षतामा सचिव ग्रेटर रसमोर नेप्लिज कम्युनिटीका अध्यक्ष लिला सेलिङ माबो र सदस्य नेपाल पत्रकार महासङ्घ युकेकी अध्यक्ष बिमला सेने लिम्बुले निर्बाचन मण्डलको कार्यक्रम सन्चालन गरेका थिए । नवनिर्वाचित कार्यसमितिलाई अध्यक्ष डम्मर सिङ्गक लिम्बुले शपथ ग्रहण गराएका थिए ।
अध्यक्ष पाङ्मा, प्रमुख अथिति याक्सो र निर्वाचन मण्डलका अध्यक्ष लिम्बुले निवर्तमान कार्यसमितिलाई धन्यवाद र नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा कार्य सफलताको शुभकामना दिएका थिए ।
अधिवेशनमा अथितिका रुपमा सगरमाथा नेप्लिज कम्युनिटी आसफोर्डका वरिष्ठ उपाध्यक्ष मोहन सदेम्बा, तेह्रथुम समाज सेवा युकेका उपाध्यक्ष ओम मगर, ग्रेटर रसमोर नेप्लिज कम्युनिटिका अध्यक्ष लिला सेलिङ माबो, नेपाल पत्रकार महासङ्घ युकेकी अध्यक्ष बिमला सेने लिम्बु, पाँचथर समाज सेवा युकेकी अध्यक्ष शान्ति लिम्बु, मिडियाकर्मी सुक तुम्रोक, किरात याक्थुङ चुम्लुङ युकेकी उपाध्यक्ष सानु सुब्बाको उपस्थिति रहेको थियो ।
दुर्गा पाङ्माको अध्यक्षतामा सम्पन्न अधिवेशनमा उपाध्यक्ष युवराज इस्बोले स्वागत मन्तव्य राखेका थिए भने महासचिव जय मादेम्बाले कार्यक्रम सन्चालन गरेका थिए ।






