
लन्डन २८ जनवरी २०२५ । चारभन्ज्याङ तमु समाज युकेले नेपालबाट आएका गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ र कलाकार पवित्रा गुरुङलाई स्वागत सम्मान गरेको छ ।
फेल्थाममा २६ जनवरी २०२५ मा एक कार्यक्रमबीच चारभन्ज्याङ तमु समाज युकेका अध्यक्ष बेनकुमार गुरुङले खादा, फेटा, क्रमु, बुके लगायतको मायाको चिनोबाट स्वागत सम्मान गरेका हुन् ।
अध्यक्षता चारभन्ज्याङ तमु समाज युके अध्यक्ष बेनकुमार गुरुङ, सरस्वती गुरुङ , तमु धिं नेपाल अध्यक्ष हुमबहादुर गुरुङ, चारभन्ज्याङ म्युजिक भिडियोका कोरियोग्राफर कलाकार पबित्रा गुरुङ, चारभन्ज्याङ तमु समाज युकेका संस्थापक अध्यक्ष ले. नारायण गुरुङ बिइएम, पूर्व अध्यक्ष मे.कृष्णबहादुर गुरुङ, चारभन्ज्याङ आईसीसी अध्यक्ष ले.चन्द्रबहादुर गुरुङले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा उपाध्यक्ष दुर्गाबहादुर गुरुङले स्वागत र महासचिव अमर गुरुङले कार्यक्रम संचालन गरेका थिए ।






