दुई लाहुरे केटाहरूकाे कमिट्मेन्ट

SHARE:

विगत तीन वर्षदेखि नगेन्द्रराज नेम्बाङ र गाेप सिजाली मगरजीले याेगा, आसन,ध्यान, प्रणायाम र रेकी सिकाइरहेका छन्।
वर्षकाे ३६५ दिन नै चलाउने प्रण गरेर सुरू गरेका लाहुरे ठीटाहरूले चाडपर्व, हाेलिडे वा कुनै पनि बहनामा बिहानकाे ७५ मिनेट छुटाएका छैनन्। याे लराेतराे काम हाेइन । कमिट्मेन्ट गर्ने मात्र हाेइन फूलफिल गरिरहेका छन्।

उनीहरूले शुल्क लिएर प्रशिक्षण दिइरहेका हाेइनन्। बरू बेलाबेलामा यही टीमभित्र र आफै चन्दा संकलन गरी नेपालमा सानाठूला सहयाेग पुर्याइरहन्छन्।

शनिबार वा आइतबार केही दिनकाे अन्तरालमा डा. योगी विकासानन्दकाे एक घन्टाकाे प्रशिक्षण र प्रवचन भइरहन्छ । धेरैकाे सहभागी हाेस् भनी Christmas Time मिलाएर पाँचदिने ज्ञान याेगबाट लाभ लिएका थिए । सम्भवतः अब प्रत्येक साता गुरू याेगीबाट लाभ लिन सकिन्छ हाेला।
करिब ६० परिवारलाई प्रत्यक्ष लाभ पुर्याइरहेका र आफै पनि रमाइहेका यी दुई लाहुरे केटाहरू मेरो हिराे हुन् । यी ठीटाहरूबाट मैले धेरै सिक्दैछु । उनीहरू सिम्पल छन्, आफै जाग्दैछन् र धेरै जनालाई प्रत्यक्ष अप्रत्यक्षरूपले जगाईरहेका छन्। म पनि लाभ लिइरहेकाे छु ।

मे काे अन्ततिर गोर्खा कपकाे बेलातिर तीन साताकाे समयकाे लागि डा. याेगी-मनाेकान्ति टीमलाई यूके ल्याउने र बढीभन्दा बढी नेपालीहरूले लाभान्वित हाेउन् भनी चाँजाेपाँजाे गर्दैछन्। सम्भवतः Gurkha Cup मा एउटा स्टल हुनेछ र गुरूदेवबाट केही गतिविधि हुन्छ हाेला।
जूनकाे दाेस्राे सातासम्म उहाँहरू यूकेमा केही न केही प्रशिक्षण (सामूहिक र ब्यक्तिगत) दिने कार्यक्रम भएकाेले ईच्छुक महानुभावहरूले बुक गर्न अनुराेध गरिन्छ।
यी दुई लाहुरेहरूलाई स्यालुट छ। बस् आजलाई यत्ति नै।

काजी पर्वते

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!