भ्वाइस अफ नेपाल उपविजेता मकर योनजनको बेजोड प्रस्तुति रहने

लन्डन अल्डरसट ०१ फेब्रुअरी २०२५ । पाँचथर समाज सेवा युकेको यही ८ तारिखमा हुने च्यारिटी डिनर कार्यक्रमको भव्य तयारी गरिएको आयोजकले जनाएको छ ।
भ्वाइस अफ नेपाल उपविजेता मकर योन्जनलगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिसहित अल्डरसटको एम्पायर हलमा हुने च्यारिटी डिनर कार्यक्रमको भव्य तयारी भएको कार्यक्रम संयोजक सन्देश नेम्बाङले जानकारी दिए । कार्यक्रममा
स्थानीय कलाकारहरु गायक तारा लक्सम, गायक सन्दिप गुरुङ, गायिका तायाहाङमा राई, डान्सरहरुमा मोडेल दीपा योङया लिम्बु र अन्जना केरुङको प्रस्तुति रहने सांस्कृतिक विभाग प्रमुख तारा लक्समले बताए ।
च्यारिटी कार्यक्रमबाट संकलित रकम पाँचथर जिल्लामा अवस्थित विद्यालयहरुमा सहयोग गरिने अध्यक्ष शान्ति लिम्बुले बताएकी छिन् । कार्यक्रम उद्घोषण मोडेल पारु राईले गर्नेछिन् । उक्त परोपकारी कार्यक्रममा सहभागी हुने बेलायतवासी नेपाली समुदायलाई अध्यक्ष लिम्बुले अनुरोध गरेकी छन् ।








