पाँचथर समाज सेवा युकेको च्यारिटी कार्यक्रम भव्य बन्यो

SHARE:

  • नगेन्द्र नेम्बाङ

लन्डन १० जनवरी २०२५ । पाँचथर समाज सेवा युकेको च्यारिटी कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

शनिबार ८ फेब्रुअरीमा एम्पायर हल अल्डरसटमा औपचारिक कार्यक्रम अध्यक्ष शान्ति लिम्बु र प्रमुख अथिति किरात याक्थुङ चुम्लुङ युकेकी अध्यक्ष कमला सेन्दाङ लिम्बुले दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए । त्यसक्रममा मातृभूमि नेपाललाई सम्मान र स्मरण गर्दै नेपालको राष्ट्रिय गीत र ब्रिटिस नेस्नल एन्थम बजाइएको थियो ।

कार्यक्रम सफल भएको भन्दै संयोजक सन्देश नेम्बाङले च्यारिटी रकम अनुमानभन्दा धेरै संकलन भएको बताए । कार्यक्रम संयोजक सन्देश नेम्बाङले पाँचथर जिल्ला फालेलुङ गाउँपालिकामा अवस्थित पापोन्देन विद्यालयलगायत अन्य विद्यालयहरुमा शिक्षा र बालबच्चाहरुलाई सहयोग गर्ने कार्यक्रमको उद्देश्य रहेको रा कर्यक्रम सफल पार्न खटिएका कार्यसमितिका साथीहरु, प्रायोजक सबैजनालाई संयोजक नेम्बाङले धन्यवाद दिए ।

कार्यक्रममा स्वागत मन्तव्य विदेश विभाग प्रमुख गजेन्द्र नेम्बाङले राखेका थिए । एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगरले नेपाली दोहोरो नागरिकतालगायत समसमायिक विषयमा बोल्दै कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।

प्रमुख अथिति लिम्बुले पाँचथर समाज सेवा युकेको स्थापनाकालदेखि सहयोग, सहकार्य गर्दै आएको भन्दै कार्यक्रम कार्यक्रम सफलताको शुभकामना मन्तव्य राखेका थिए । महासचिव लाहाङ चेम्जोङ र उद्घोषिका मोडेल पारु राईले सामूहिक रुपमा कार्यक्रम सन्चालन गरेका थिए ।

विभिन्न संघ संस्थाबाट बाक्लो उपस्थिति रहेको च्यारिटी कार्यक्रममा अथितिहरु नेपाल पत्रकार महासंघ बेलायतकी अध्यक्ष बिमला सेने, नेप्लिज ड्राइभिङ एसोसिएसन युकेका अध्यक्ष क्याप्टेन रिटायर्ड टाम ढेगा संखुवासभा सेवा समाज युकेकी अध्यक्ष हेमकला गुरुङ राना, वरिष्ठ उपाध्यक्ष प्रकाश राहुत, चुम्लुङ युकेका सल्लाहकार याम आङ्बोहाङ, समाजसेवी रामकुमार इजम, चुम्लुङ रसमोर शाखा अध्यक्ष थान कुमान नाल्बो, किरात याक्थुङ चुम्लुङ युकेका सङ्स्थापक अध्यक्ष खड्गजङ आङ्बोहाङ, खोटाङ समाज सेवा युकेका अध्यक्ष प्रसाद राइ, किरात राइ यायोक्खाबाट कपिल राइ तमु धी युकेबाट कार्यबाहक अध्यक्ष कमल कोन गुरुङ, समाजसेवी नरकुमारी वनेम लिम्बु , किरात याक्थुङ चुम्लुङ युकेका उपाध्यक्ष दिपेन्द्र याक्सो,मेजर चक्रबहादुर खत्री, लेफ्टिनेन्ट कर्णेल रिटायर्ड गिलाम, बहालवाला अथितिहरु मेजर तिमोथी कमिङ्स, मेजर नवल किरण याक्खा, मेजर किरन पुन एमभीओ, क्याप्टेन बिजय लिम्बु, क्याप्टेन मदन जिमि, २आरजीआरआरएसएम WO1 प्रविन किशोर राईको उपस्थिति रहेको थियो ।

कार्यक्रमको दोस्रो चरणमा भ्वाइस अफ नेपाल उपविजेता मकर योन्जनलगायत स्थानीय कलाकारहरु गायक तारा लक्सम, गायक सन्दिप गुरुङ, गायिका तायाहाङमा राई, गायिका कला चेम्जोङ,गायिका रितिका लिम्बु , डान्सरहरुमा मोडेल दीपा योङया लिम्बु र अन्जना केरुङ समूहको प्रस्तुतिले माहोल तातिएको थियो ।

च्यारिटी कार्यक्रमबाट संकलित रकम पाँचथर जिल्ला फालेकुङ गाउँपालिकामा अवस्थित पापोन्देन विद्यालयलगायत अन्य विद्यालयहरुमा सहयोग गर्ने अध्यक्ष लिम्बुले बताइन् । कार्यक्रममा उपस्थित अथितिलगायत कार्यसमितिका साथीहरु, कलाकार, पत्रकार प्रत्यक्ष-अप्रत्यक्ष रुपमा आर्थिक, भौतिक नैतिक रुपमा सहयोग गर्ने सबै जनालाई अध्यक्ष लिम्बुले धन्यवात दिँदै औपचारिक कार्यक्रम समापन गरेकी थिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!