
पोखरा ११ जनवरी २०२५ । सहारा यूकेको आर्थिक सहयोगमा कास्कीको पोखरा महानगरपालिका-९ बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा
निर्मित पुस्तकालय हस्तान्तरण गरिएको छ ।
सहारा यूकेका अध्यक्ष कृष्ण गुरुङबाट मंगलबार एक समारोहबीच पुस्तकालय शुभारम्भ भएपछि हस्तान्तरण गरिएको हो । कार्यक्रममा सम्बोधन गर्दै सहारा यूकेका अध्यक्ष कृष्ण गुरुङले विद्यालयमा पुस्तकालय स्थापना गर्नमा प्रत्यक्ष-अप्रत्यक्ष सहयोग पुर्याउने सबैप्रति धन्यवाद दिए ।

यस्तै तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले संस्थाको तर्फबाट विभिन्न क्षेत्रमा सहयोग गरेको उल्लेख गर्दै सहारा बाल आविलाई पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । पुस्तकालय ३ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो । उक्त आर्थिक सहयोग संकलन गर्न सहारा यूकेका उपाध्यक्ष शरदा गुरुङले संयोजन गरेका थिए । जसमा सहाराका पदाधिकारी, कार्यसमिति सदस्य लगायत ४६ जनाले सहयोग गरेका थिए । पुस्तकालयमा कम्प्युटरसाइज्ड प्रविधिसमेत जडान गरिएको छ ।
कार्यक्रममा तमुधीं यूके र सहारा यूकेका पदाधिकारी, सल्लाहकार, कार्यसमिति सदस्यहरु, विद्यालयका कर्मचारी, विद्यार्थी, स्थानीय, सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।








