
लन्डन १२ जनवरी २०२५ । नेम्बाङ समाज बेलायतको आगामी सेप्टेम्बर पहिलो साता वार्षिक भेटघाट कार्यक्रम हुने भएको छ ।
संस्थाको हालै बसेको बैठकले शनिबार ६ सेप्टेम्बर २०२५ मा विभिन्न कार्यक्रमसहित वार्षिक भेटघाट गर्ने निर्णय गरेको अध्यक्ष मोहन नेम्बाङले जानकारी दिए । कार्यक्रम ह्याम्सायर फानबोरोस्थित ग्रेन्ज कम्युनिटी जुनियर स्कुल मध्याह्न १२ बजेदेखि राति ९ बजेसम्म हुने छ ।
भेटघाट कार्यक्रम विभिन्न सांस्कृतिक प्रस्तुति र डिनरसहित भव्य रुपमा मनाइने सचिव लक्ष्मी नेम्बाङले जानकारी दिए । कोषाध्यक्ष धनकुमार नेम्बाङले बेलायतमा कार्यक्रम स्थल बुक पाउन मु्स्किल हुने भएकोले अहिले नै हल बुक गरिसकिएको बताए ।
नेम्बाङ समाज युकेले बेलायतभर रहेका नेम्बाङ दाजुभाइ, दिदीबहिनी तथा परिवारलाई भेटघाट कार्यक्रमलाई ऐतिहासिक र भव्यरुपमा सफल बनाउन अनिवार्य उपस्थिति हुन निमन्त्रणासमेत गरेको छ ।






