पोखरा १३ जनवरी २०२५ । तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरूङ नेतृत्वको भ्रमण टोली बिहीबार कास्कीको माछापुच्छ्रे गाउँपालिका-८ ल्वाङ गाउँ पुगेको छ ।
दुई दिनका लागि पुगेको टोलीलाई पञ्चेबाजा र फूलमालाले भव्य स्वागत गरिएको छ । भ्रमण टोलीमा सहारा यूकेका अध्यक्ष कृष्ण गुरूङ लगायत पनि सहभागी छन् ।
अपराह्न ल्वाङ पुगेको टोलीलाई होमस्टेका महिला र पुरुषले मौलिक भेषभूषामा सजिएर लामबद्ध हुँदै स्वागत गरे । उनीहरुलाई सेलरोटी र तरकारी खाजा खुवाइएको थियो । साँझ सक्मान र सांगीतिक कार्यक्रम आयोजना गरिएको छ ।
टोली शुक्रबार ल्वाङबाट फर्किने छ । बेलायतबाट आएको उक्त टोलीले नेपालको पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि ऐतिहासिक र पर्यटकीय गाउँ घुम्ने र यहाँका विभिन्न संघ संस्थामा भेटघाट तथा अन्तरक्रिया गरिरहेको छ । टोली २१ फेब्रुअरीमा लन्डन फर्कने छ ।







