अल्डरसट क्षेत्रका ड्राइभिङ इन्स्ट्रक्टरहरुले भब्य रूपमा मनाए प्रेम दिवस

SHARE:

लन्डन, अल्डरसट १५ जनवरी २०२५ । अल्डरसट क्षेत्रका ड्राइभिङ इन्स्ट्रक्टरहरुले भब्य रूपमा प्रेम दिवस मनाएका छन् ।

अल्डरसटस्थित प्यालेस रेस्टुरेन्टमा १४ फेब्रुअरीमा एक कार्यक्रम गरी प्रेम दिवस मनाइएको हो । कार्यक्रम संयोजन रामचन्द्र गुरुङले गरेका थिए।

कार्यक्रममा उपस्थित डिआइहरुले प्रेम सम्बन्धी कविता बाचन गरी श्रीमानले आफ्ना श्रीमतीलाई गुलाफको फूल दिइ प्रेम दिवसको शुभकामना आदानप्रदान गरेका थिए । कार्यक्रममा मेजर रिटायर्ड भोलामान राई, नेप्लिज ड्राइभिङ एसोसिएसनका अध्यक्ष रिटायर्ड क्याप्टेन ताम ढेगा, पूर्वअध्यक्ष होम राना, सचिव तेज पुन र ड्राइभिङ एक्जामिनर बसन्त गुरुङको उपस्थिति रहेको थियो ।

एभेरेस्ट टाइम्स यूकेका प्रबन्ध निर्देशक नगेन्द्र नेम्बाङले भ्यालेन्टाइन्स डेको बारेमा संक्षिप्त जानकारी गराएका थिए ।

उपस्थित सबै जनाले कविता बाचनका साथ प्रेम दिवसको शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम संय‍ोजक गुरुङले नै सन्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!