
लन्डन १७ जनवरी २०२५ । पासा पुचः गुथि साउथ इष्ट लन्डन शाखाको अध्यक्षमा सुरोज मास्के चयन भएका छन् ।
गोर्खा क्याप्रिकन प्लमस्टिडमा आइतबार सम्पन्न शाखाको ११ औं अधिवेशनले मास्केको नेतृत्वमा २१ सदस्यीय सर्वसम्मत् नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्ष निर्वाचित मास्के शाखामा यसअघिका उपाध्यक्ष हुन्।
कार्यसमितिको तीन उपाध्यक्षमा सत्यप्रसाद प्रजापति, सोनी श्रेष्ठ र भगवान श्रेष्ठ, महासचिवमा ईश्वर महर्जन र कोषाध्यक्षमा जुनु कोजु श्रेष्ठ छन् । सांस्कृतिक सचिव कृष्ण वैद्य, आइटी संयोजकसमेन महर्जन, स्वास्थ्य संयोजक भिमलक्ष्मी शाक्य, मिडिया संयोजक शिवराम श्रेष्ठ, इभेन्ट सहसंयोजक महेन्द्र शाक्य, सचिव अञ्जु सुवाल, सहकोषाध्यक्ष गीता श्रेष्ठ र सहसचिव सुरज माकजु निर्वाचित भएका छन्।
त्यसैगरी, रामबाबु मास्के, रामलाल श्रेष्ठ, आशिष श्रेष्ठ, विनोद श्रेष्ठ, राजकुमार श्रेष्ठ, मेरिना बज्राचार्य र सुजित प्रजापति कार्यसमिति सदस्यमा चुनिएका छन्।
निर्वाचन समितिका संयोजक एवं शाखाका पूर्व अध्यक्ष चुत्रबहादुर श्रेष्ठले नेपालीमा र पासा पुचः गुथि यूकेका अध्यक्ष सुशिल प्रजापतिले नेवारी भाषामा नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई शपथग्रहण गराएका थिए । समितिका सदस्यसचिव सचिन श्रेष्ठले सर्वसम्मत निर्वाचित कार्यसमितिको घोषणा गरेका थिए। शपथपछि नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई सगुन खुवाएर शुभकामना दिइएको थियो । कार्यसमितिको कार्यकाल दुई वर्ष रहने व्यवस्था छ ।






