४३ औं मगर दिवस कार्यक्रमका लागि बेलायत आइपुगे नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र

SHARE:

लन्डन २० जनवरी २०२५ । ४३ औं मगर दिवस कार्यक्रमका लागि नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगर बेलायत आइपुगेका छन् ।

मगर संघ यूकेको निमन्त्रणामा अध्यक्ष पुनमगर बुधबार राति लन्डनस्थित हिथ्रो विमानस्थल ओर्लिएका हुन् । अध्यक्ष पुनमगरलाई विमानस्थलमा मगर संघ यूकेकी अध्यक्ष सीता पुनमगरलगायत पदाधिकारी र कार्यसमिति सदस्यहरुले स्वागत गरेका थिए । उनी मगर संघ यूकेले शनिबार २२ फेब्रुअरी २०२५ का दिन अल्डरसटस्थित एम्पाएर हलमा आयोजना गर्ने ४३ सौं मगर दिवसमा सहभागी हुन यहाँ आएका हुन् ।

मगर संघ यूकेकी अध्यक्ष सीता पुनमगरले ४३ औं मगर दिवसको अवसरमा आयोजना हुने कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगरलाई प्रमुख अतिथिको रुपमा पाउँदा आफूहरु एकदमै भाग्यमानी भएको बताउँदै निम्तोलाई स्वीकारी बेलायत आउनुभएकोमा अध्यक्ष ज्ञानेन्द्रलाई स्वागत गरे ।

यस्तै नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगरले रातको समयमा पनि आफूलाई एयरपोर्टमा न्यानो स्वागत गरिएकोमा मगर संघ यूकेकी अध्यक्ष सीता पुनमगरलगायत पदाधिकारी तथा कार्यसमितिसहित उपस्थित सबैलाई आभार व्यक्त गरे । उनले मगर संघकै कारण विश्वभरिका मगरहरुलाई एउटै साङ्लोमा बाँध्न सफल भएको उल्लेख गर्दै ४३ औं मगर स्थापना दिवसका अवसरमा बेलायतमा २२ फेब्रुअरीमा हुने कार्यकसमा सहभागी हुन अपिल गरे । उनले उक्त कार्यक्रममा साक्षात्कार, अन्तरक्रिया गर्ने र सल्लाह, सुझाव लिएर सोहीअनुसार मगर समुदायको हितका लागि नेपाल सरकारको ढोका ढकढक्याउने काम गर्ने प्रतिबद्धतासहित आफू बेलायत आएकोले मगर दिवसमा सबैजना उपस्थित हुन आग्रह गरे ।

कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ । मगर दिवस समारोहमा नेपाली दूतावास लन्डन, एनआरएनए यूके, नेपाल आदिवासी जनजाति महासंघ यूके, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ यूके, नेपाल आदिवासी जनजाति महिला महासंघ यूके, अन्तर्राष्ट्रिय मगर महासंघ, मगर संघ बेल्जियम, मगर संघ नेडरल्यान्ड, मगर संघ पोर्चुगल, मगर संघ क्यानडा, बेलायतमा स्थापित विभिन्न जातीय संघ संगठनलगायत अन्य क्षेत्रीय संगठनका अध्यक्षहरुलाई निम्तो दिएको जनाइएको छ ।

मगर दिवसमा मगर संघ यूकेका १२ वटा शाखालगायत मगर महिला संघ यूके, पुन मगर समाज यूके, मगर संघ यूके युथ, मगर धनुषवान समाज यूके, मगर बुद्धिस्ट समाज यूके र मगर खामभाषी समाज यूकेले झाँकी, नृत्य र फेसन सो प्रस्तुत गर्नेछन् ।

निर्मला थापाको संयोजकत्वमा हुने कार्यक्रममा नेपालबाट आउनुभएका चर्चित कलाकारहरु प्रसाद खप्तरी मगर र देवी आलेमगरले समेत प्रस्तुति दिनेछन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!